काठमाडाैँ। ‘बोल माया’ गीत यतिबेला युट्युबमा भाइरल भइरहेको छ । याे गित यतिबेला युट्युबकाे ट्रेडिङ नम्बर १ मा छ ।
गायक तथा मोडल प्रकाश सपुतको वैदेशिक रोजगारीले निम्त्याएको समस्यासम्बन्धी निकै नै मार्मिक गीत ‘बोल माया’ अहिले चर्चित बनेको छ । यो गीत हेरेर कसको मन रुँदैन होला र ?
‘बोल माया’ प्रकाश सपुतकै शब्द र संगीतमा तयार भएको गीत हो । गीतमा गायक तथा संगीतकार नारायण रायमाझी, शान्तिश्री परियार र प्रकाश सपुतले आवाज भरेका छन् । भिडियोमा अञ्जली अधिकारी, प्रकाश सपुत र सितारे गन्धर्वको अभिनय रहेको छ ।
गीतमा वैदेशिक रोजगारीले निम्त्याएको समस्यालाई निकै कलात्मक ढंगले प्रस्तुत गरिएको छ भने गीतको भावलाई जस्ताको तस्तै भिडियोमा उतार्ने प्रयास गरिएको छ । गीतको म्युजिक भिडियाको निर्देशन सपुतले आफैंले गरेका हुन् ।
समग्रमा गीतमा परिवारको खुशीको लागि विदेश गएका र विभिन्न कारणले विदेशमै ज्यान गुमाएकाको परिवार, आफन्त र समाजमा पर्ने पीरमर्का, व्यथालाई गीतमा उतार्ने प्रयास गरिएको छ ।
गीत हेर्ने, सुन्ने दर्शक तथा श्रोताले सकारात्मक प्रतिक्रिया दिएका छन् । याे गीतले नेपाली समाजलार्इ दुरूस्त चित्रण गरेकाले सबै नेपालीहरूले एकपल्ट हेर्नैपर्ने गित बनेकाे छ ‘बोल माया’ ।
[youtube https://www.youtube.com/watch?v=VrR4f5NHlDw]
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।