एजेन्सी । अाफ्ना बहिनी ज्वाईँ आयुष शर्मालाई बलिउडमा डेब्यु गराउने तरखरमा रहेका बलिउड स्टार सलमान खान यतिबेला तनावमा छन् । सलमान बलिउडमा नयाँ कलाकार भित्र्याउन माहिर मानीन्छन् अधिकांश उनले डेब्यु गराएका कलाकारले चर्चा कमाउन सफल रहेका छन् तर सलमान खान यतिबेला भने तनावमा छन् कारण आफ्नो बहिनी ज्वाईँ आयुष शर्माको डेब्यु फिल्म ‘लभ रात्री’लाई लिएर,बहिनी ज्वाईँ आयुष शर्माकाे अिभनय रहेकाे ‘लभ रात्री’ले हिन्दुवादीको भावनामा चोट पु¥याएको भन्दै विश्व हिन्दु परिषदले आक्रोस व्यक्त गरेको छ ।
परिषदले फिल्म नवरात्रीको व्याकग्राउण्डमा बनेको र नवरात्रीकै संघारमा रिलिज हुने भएको कारण चाठपर्वको नाम नै बिगारेको र हिन्दुवादीको भावनामा चोट पु¥याएको भन्दै फिल्म रिलिज गर्न नदिने घोषणा गरेको छ ।
लभरात्रीको फस्ट लुक सार्वजनिक भएपछि त्यसले खुबै चर्चा कमाएको थियो । लभरात्रीले जसरी चर्चा कमाएको थियो त्यसरी बिवादमा पर्न थालेको छ ।पछिल्लो समय बलिउडमा निर्माण भएका फिल्महरुले विभिन्न धर्म तथा सम्प्रदायमा आँच आउने शन्देश दिएको भन्दै कहिले फिल्म शुटींग सेटमै आगो लगाउने त कहिले फिल्म रिलिज हुनै नदिने गर्दै आएको पाईएको छ । यसको पछिल्लो उदाहरण पद्यामावत तथा मणिकर्नीकालाई लिन सकीन्छ ।
सलमानले आफ्नो हरेक प्रोजेक्ट साम दाम लगाएरै सफल बनाउँछन् तर विश्व हिन्दु परिषदले दिएको धम्कीको कसरी सामना गर्नेछन् त्यो हेर्न बाँकि नै छ ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।