काठमाडाैँ। नायक सलाेन बस्नेत र अामेश भन्डारीलगायतकाे समुहले ‘मिस्टर एन्ड मिस एम्पेरर गेटवे टु कलिउड’ काे अायाेजना गर्ने भएकाे छ । यसमार्फत देशभरका प्रतिभाहरूलार्इ फिल्म क्षेत्रमा प्रवेशकाे ढाेका खाेलिदिने भएकाे छ ।
यी दुर्इ नायकले पर्फेक्ट प्लान इन्टरटेनमेन्टकाे अायाेजनामा याे प्रतियाेगिता सन्चालन गर्न लागेका हुन् । यहि असारबाट अडिशन सुरू हुने प्रतियाेगिताका लागि अावेदन फारम खुल्ला गरिएकाे छ भने काठमाडाैँ उपत्यकाबाट सुरू हुने प्रतियाेगिता देशभरका ८ सहरमा हुने नायक सलाेनले बताए । प्रतियाेगिता काठमाडाैँसहित पाेखरा, चितवन, बुटवल, नेपालगन्ज, धरान, हेटाैँडा, विराटनगरमा हुनेछ ।
प्रतियाेगिताका विजेताका साथमा फस्ट सेकेन्ड रनर्सअप गरी हरेक शहरबाट ६,६ जनाले काठमाडाैँमा हुने ‘मिस्टर एन्ड मिस एम्पेरर गेटवे टु कलिउड’काे निर्णायक प्रतियाेगितामा भाग लिन पाउने स्राेतले बतायाे ।
अाठै सहरका विजाताले पर्फेक्ट प्लानकाे तर्फबाट म्युजिक भिडियाेमा ब्रेक पाउनेछन् । दाेस्राे चरणमा मिस्टर एन्ड मिस एम्पेरर गेटवे टु कलिउडका विजेतालाइ फिल्ममा ब्रेक दिने सलाेनकाे भनाइ छ ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।