काठमाडौं । बलिउड अभिनेता सलमान खानको आगामी फिल्म ‘रेस ३’ आउँदै गरेको मुस्लिमहरुको महान पर्व ईदको अवसरमा रिलिज हुदैछ । तर सलमानको यो फिल्म पाकिस्तानमा भने ईदको अवसरमा रिलिज नहुने भएको छ ।
पाकिस्तानी समाचार माध्यमका अनुसार ईदको अवसरमा कुनै पनि बलिउड फिल्महरुले पाकिस्तानमा रिलिज हुन पाउने छैनन् । पाकिस्तानको सुचना प्रशारण मन्त्रालयले जारी गरेको सुचना अनुसार ईदको दुई अघि देखि र दुई साता पछिसम्म बलिउड तथा बिदेशी फिल्महरुको रिलिजमा प्रतिबन्ध लगाईएको छ ।
पाकिस्तानमा यसर प्रतिबन्ध लगाइएपछि ईदको अवसरमा बलिउड तथा अन्य बिदेशी फिल्महरु कुनै पनि रिलिज हुने छैनन् । पाकिस्तानमा ईदको अवसरमा चार दिन बिदा हुन्छ । पाकिस्तानमा बलिउड फिल्मको फ्यानहरु पनि धेरै छन् । त्यसै कारण बलिउड फिल्म रिलिज गरिएमा अन्य पास्तिानी फिल्महरुको कमाईमा कमी आउँछ भनेर बलिउड फिल्मलाई इदको अवसरमा रिलिज गर्न प्रतिबन्ध लगाईएको हो ।
इदको दोस्रो साताबाट भने सलमानको ‘रेस ३’ पाकिस्तानमा पनि रिलिजमा आउने जनाईएको छ । एजेन्सी
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।