काठमाडौं । नेपाली फिल्म उद्योगकी सुन्दरी अभिनेत्री हुन् करिस्मा मानन्धर । उनी अभिनयमा मात्र होईन फिल्म निर्माण र राजनीतिमा पनि सक्रिय छन् । २०४२ सालमा बनेको ‘सन्तान’ करीस्माको पहिलो फिल्म हो । त्यतिबेला उनी १४ वर्षकी थिईन् । ‘सन्तान फिल्ममा उनले अभिनेता भुवन केसीसँग काम गरेकी थिईन् ।
‘कस्तुरी’ फिल्ममा काम गरेपछि करीस्माले बिनोद मानन्धरसँग विवाह गरिन् । विवाहपछि पनि उनाी फिल्म क्षेत्रलाईनै आफ्नो कर्मथलो बनाईन र निरन्तरता दिईरहेकी छन् । उनकी एउटी छोरी कविता मानन्धर छन् । छोरी कविता पनि चाँडैनै पर्दामा दर्शकहरुले हेर्न पाउनेछन् ।
उनै करीस्माले एउटा तीज गीतमा काम गरेकी छन् । पार्वती जिसी, संगिता धमला, मञ्जिला शर्मा, विमला अर्यालले सयुंक्त रुपमा लेखेका तीज गीतमा करीस्माले अभिनय गरेकी हुन् । रामजी पौडेलको संगीत रहेको सो गीतलाई पार्वती जिसी र संगिता धमलाले स्वरबद्ध गरेका छन् । भिडियोलाई कमल राईले निर्देशन गरेका छन् ।
[youtube https://www.youtube.com/watch?v=HrLfVb_ynq8]
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।