काठमाडौं। अाजभाेली कतिपय नेपाली फिल्म पनि विदेशमा छायांकन हुन थालेका छन् । यस्तैमा ‘म यस्तो गीत गाउँछु’को विशेष शोका लागि कतार पुगेका निर्देशक सुदर्शन थापा र पुजा शर्माले चलचित्रको ‘रामकहानी’को केही दृश्य समेत कतारमा छायाँकन गरेका छन् ।
निर्देशक थापाका अनुसार फिल्मकाे सुरूवात नै कतारबाट हुनेछ । उनले दिएको जानकारी अनुसार कतारमा नायिका पूजा शर्माको साथमा कतारमै रहेका केही कलाकारले अभिनय खिचिएको छ ।
‘हामीलाई चलचित्रको छायांकनका लागि अनुमती लिन नै ८ लाख खर्च गर्नुप¥यो’ थापाले भने ‘ एउटा गीतकाे छायांकन बाँकी छ त्याे नेपालमै छायाँकन हुन्छ ।’
चलचित्रको लागि छायांकार सौरभ लामा पनि कतार पुगेका छन् । चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा, विल्सन विक्रम राइको मुख्य भूमिका छ । २२ भदौबाट चलचित्र रिलिज हुँदैछ ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।