काठमाडौँ । पाचथर जिल्लाको पुर्व तिर एउटा निक्कै ठूलो फाँट छ । सिमानाको पूर्वमा सिक्किम दार्जिलिङ र इलामलाई छोएको एउटा सुन्दर फालेलुङ गाउपालिका छ ।
पर्यटकीय स्थल भएको ठाउँ फालेलुङ थुप्रै गावीसाहरु एक भएको छ । मेमेङ्ग त्यहाको केन्द्र हो । पूर्वमा सधक्पुर धाम माथि कंचनजंगा हिमालको शिर तिम्बु पोखरी जस्ता हरेक ऐतिहासिक ठाँउहरु छन् । यहाँको बयान गर्दै राजेन्द्र केरुङ र सम्पदा राइले पूर्वको मीठो भाका मारुनी गीत मार्फत मेमेङ घुम्न जाउ भनेको हो ।
राजेन्द्र केरुङ एक दशक भन्दा बढि काठमाडौमा संगीत सिकिरहेका छन र दर्जन भन्दा बढी भाषाभाषीको गीतहरु गाइसक्नु भएको छ ।भने सम्पदा राई भर्खरै मात्र पाचथरमा संचालित सुम्हात्लुङ आइडल बने पछि गाउन सुरु गरेकी छिन। आफ्नै दाइ बाट संगीतको शिक्षा सानैबाट लिदै आएकी सम्पदाको यो दोश्रो गीत हो ।
यो गीतको लेखक सहित्यकार बिरेन्द्र अशिमित हुन उहाँले मीठो शब्द लेखेका छन। अशिमितले दर्जन भन्दा बढी गित गजल कविता लेख्नु भएको छ ।उहाँले लेख्नु भएको गीत अन्जु पन्थले समेत गाउनु भएको छ । हाल मलेसिया बस्दै आउनु भएका अशिमित गीत संगीतलाई उतिकै माया गर्ने सर्जक पनि हुन ।
यो गीतमा संगीत अहिलेका युवा गायक तथा संगीतकार निस्चल प्रेम राईले दिनु भएको छ । धनु ज्ञाङ्मिको एरेन्ज र बिब्लब अधिकारिको मास्टर मिक्सिङ रहेको छ । यो गीतको भिडियो हाइलाइटको अफिसियल च्यानलबाट हिजो शनिबार सार्वजानिक भएको छ । केही दिनपछि भिडियो सार्वजानिक हुने छन । यो गीतमा फालेलुङको ठाउँ हरुको बयान गरिएको छ ।
[youtube https://www.youtube.com/watch?v=nwZUBhGcwkM]
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।