काठमाडौं । “कालि गोरी नेपालकी छोरी ” बोलको लोक पप गीत बजारमा ल्याएकी हाँस्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकालले अव अभिनयमा पनि हात हाल्ने भएकी छिन् । २० बर्षे लामो वैवाहिक सम्वन्ध टुटेपछि मिना आफ्नो कला प्रतिको शौख पुरा गर्न लागि परेकी छिन् ।
उनको स्वर तथा शब्द रहेको दोस्रो गीतले पहिलोको तुलनामा राम्रो प्रतिक्रिया पाईरहेको छ जसका कारण उनी थप हौसीएकी छिन् । पहिलो गीतमा मिना आफैँले अभिनय गरेकी थिईन् भने दोस्रो गीतमा विवादास्पद मोडल सोनिका रोकायालाई अभिनय गराएकी छिन् ।
बन्न लागेको नयाँ फिल्म नारी प्रधान प्रेमकथामा आधारीत हुने भएको कारण लिड रोलमा आफैंले अभिनय गर्न लागेको बताएकी छिन् ।त्यस्तै नायक को हुने भन्ने तय नभईसकेको र सम्भवतः नयाँ नायक भित्र्याइने बताईएको छ ।लगभग एक करोडको लगानीमा बन्ने फिल्ममा आर्यन शर्माले उनलाई फिल्म निर्माणमा साथ दिने भएका छन् ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।