नेपाल समाचारपत्र, काठमाडौँ ।
राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद् शरतसिंह भण्डारीले बजेट विभेदकारी भएको आरोप लगाउनुभयो । उहाँले संघीयतालाई कमजोर पार्ने खालको वजेट आएको बताउनुभयो ।
भण्डारीले वजेटले कृषि क्षेत्रलाई उपेक्षित गरेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले तराई र मधेशलाई हेर्ने दृष्टिकोण राम्रो नभएको बताउनुभयो । चुरेका कारण मधेश क्षतविक्षत भएको जनाउनुभयो । राष्ट्रपतिको नामसँग जोडिएर चुरे क्षेत्र संरक्षणको अभियान थालिएको छ तर पदको गरिमा अनुसारको काम हुन नसकेको उहाँले बताउनुभयो । ‘हामीले उठाएका कुरालाई अर्थमन्त्रीले कसरी सम्वोधन गर्नुहुन्छ त्यसका आधारमा समर्थन वा विरोध गर्छौं ’ भण्डारीले भन्नुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।