विराटनगर, सुन तस्करीका फरार अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री आज जिल्ला अदालत मोरङमा उपस्थित भएका छन् ।
उनी जिल्ला अदालत मोरङमा उपस्थित भएको मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी गराउनुभयो ।
सुन तस्करी, हत्या र सांगठनिक अपराधलगायतका विषयमा जिल्ला प्रहरी कार्यालय, मोरङद्वारा ६३ जनामाथि मुद्दा दर्ता गरिएमा उनी फरारको सूचीमा थिए । सो घटनामा अब फरार अभियुक्तको संख्या ३१ रहेको छ ।
रासस
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।