नेपाल समाचारपत्र
काठमाडौं
सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपाल बंगलामुखी विशेष कार्यदल गण हल्चोक स्वयम्भुमा सञ्चालित सिसं. ४२ विशिष्ट व्यक्ति सुरक्षा तालिमको शुक्रबार मापन गर्नुभयो।
सो गणमा आयोजित तालिमको अन्तिम प्रवचन कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठले तालिमका उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो।
सशस्त्र प्रहरी नायब महानिरीक्षक श्रेष्ठले त्यस अवसरमा संगठनले समयसापेक्ष विभिन्न व्यावसायिक तालिम सञ्चालन गर्दै आइरहेको चर्चा गर्नुहँुदै यस्ता तालिमप्राप्त जनशक्तिले कार्यक्षेत्रमा आउन सक्ने चुनौतीलाई सामना गरी व्यावसायिक कार्यकुशलता प्रदर्शन गर्न सक्षम रहने विश्वास व्यक्त गर्नुभयो।
उहाँले यस्ता तालिमले व्यावसायिक कार्यसम्पादनमा सहजता ल्याउने चर्चा गर्नुहँदै सशस्त्र प्रहरी कर्मचारीको वृत्तिविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
प्रशिक्षार्थीले कार्यक्षेत्रमा खटिएपछि तालिममा सिकेका ज्ञान, सीप तथा कला कौशललाई उपयोग गर्दै उत्कृष्ट कार्यसम्पादन गर्नुपर्ने बताउनुहुँदै सशस्त्र प्रहरी नायब महानिरीक्षक श्रेष्ठले कार्यक्षेत्रमा खटिदा सधैं आफ्नो कर्तव्यलाई मनन गर्नुपर्ने उल्लेख गर्नुभयो।
कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी निरीक्षक सुमन चालिसेले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
८ हप्ता अवधिको उक्त तालिममा सशस्त्र प्रहरी निरीक्षक कालीप्रसाद चौधरी सर्वप्रथम भएका छन् भने शारीरिक सहिष्णुतातर्फ सशस्त्र प्रहरी जवान बलराम खतिवडा उत्कृष्ट ठहरिएका छन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।