नेपाल समाचारपत्र, लमजुङ ।
प्रदेश नं– ४ का प्रमुख डीआइजी दानसिंह बोहराले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन जिल्लाका प्रहरीलाई निर्देशन दिएका छन् । जिल्लाको निरीक्षण तथा नागरिकसँगको अन्तरक्रिया कार्यक्रममा त्यस्तो बताउनु भएको हो ।
प्रदेश नं. ४ का प्रमुख डिआइजी बोहराले प्रहरीको पहिलो जिम्मेवारी जनताको अपेक्षा अनुसार काम गर्नु र सुरक्षाको प्रत्याभूति दिलाउनु हो भन्नुभयो । अपराध नियन्त्रण मुख्य चुनौती रहेको बताउँदै उहाँले भन्नुभयो, ‘जवसम्म प्रहरीले नागरिकलाई सुरक्षा दिन सक्दैनन् तबसम्म प्रहरीमाथि जनताले विश्वास गदैनन् ।’ जनताले प्रहरीलाई भरोसाको केन्द्र बिन्दु मानेको हुँदा हामीले नागरिकको अपेक्षा अनुसार काम गर्नुपर्छ उहाँले भन्नुभयो । उहाँले भन्नुभयो, ‘समाजमा महिला हिंसा, लागुऔषध दुब्र्यसनी, जर्बजस्ती करणी, सुन तस्करी, चोरी डकैती, लुटपाटजस्ता अपराधको नियन्त्रणमा प्रहरी सधैँ सजग र सचेत हुनुपर्छ ।’
ुसो अवसरमा गरिएको पत्रकार भेटघाटका अवसरमा स्थानीय तहमा नागरिकले शान्ति सुरक्षाको अनुभूति गर्ने गरी प्रहरी खटाइने जानकारी दिनुभयो । उहाँले ‘संघीय संरचनामा प्रहरीको कार्यलय तत्काल स्थानीय तहमा नपुग्न सक्छ, यसलाई व्यवस्थित गर्ने ऐन आएपछि प्रदेश ४ मा नपुग १५ सय प्रहरीको व्यावस्थापन गरिनेछ भन्नुभयो । उहाँका अनुसार प्रदेशमा ७ हजा र प्रहरी दरबन्दी भएतापनि हाल ५ हजार प्रहरी मात्र सेवामा रहेको बतताउनु भयो ।
द्वन्द्वको समयमा लमजुङको प्रहरी प्रमुख (डीएसपी) सम्हालेका डीआइजी बोहराले त्यतिबेलाको समयमा भएका राम्रा नराम्रा व्यवहारलाई बिर्सन नागरिक समाजलाई आगह्र गर्नु भएको थियो । कार्यक्रममा लमजुङका प्रहरी प्रमुख प्रनाउ यादव ढकालले समाजमा शान्ति सुरक्षा मजवुद बनाई आफु नागरिकको सुरक्षाका लागि अहोरात्र खटीने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले अपराधिक गतिविधी रोक्न नागरिकको पनि उत्तिकै दायित्व र कर्तव्य रहने भएकाले अपराध नियन्त्रणमा सहयोग गर्न उनले नागरिक समाजलाई आग्रह गर्नु भयो ।
उहाँले पछिल्लो समय अपराध नियन्त्रण गर्नु प्रहरीको चुनौती रहेको भन्दै अपराध नियन्त्रण गर्न सबै एकजटु भएर लाग्न पर्नेमा जोड दिनु भयो ।
अपराध नियन्त्रण गर्न, अनुसन्धान गर्न र पीडितलाई न्याय दिलाउने कार्यप्रति कुनै पनि सम्झौता नगर्न प्रहरीलाई निर्देशन दिदै उहाँले अपराध नियन्त्रण गर्न अपराधिक व्यक्तिसँग साटगाँठ नगर्न र त्यस्तो पाइएमा विभागीय कार्बाही गरिने स्मरण गराउनुृ भयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।