काठमाडा । हिमालयन ट्राभल मार्ट तेस्रो संस्करण आगामी वर्ष जुन ७ देखि ९ सम्म आयोजना हुने भएको छ । यहि जुन ३ मा काठमाण्डौको पार्क भिलेज होटलमा आयोजित दोस्रो हिमाालयन ट्राभल मार्टको समापन कार्यक्रमलाई सम्बोधन गर्दै हिमाालयन ट्राभल मार्ट २०१८ मूल–आयोजक समितिका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले नेपालको पर्यटन प्रवद्र्धनका लागि कोसेढुङ्गा बन्दै गएको हिमालयन ट्राभल मार्ट जस्तो कार्यक्रम निरन्तर आयोजना हुनुपर्ने कुरामा जोड दिदै सचिव देवकोटाले मार्टको आगामी संंस्करणको मिति घोषणा गर्नुभएको हो ।
पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले हिमालयन ट्राभल मार्ट २०१८ सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनुहुने सम्पुर्ण महानुभावहरु, तथा ज्ञापन गर्दै हिमालयन ट्राभल मार्टलाई थप प्रभावकारी बनाउँदै आगामी दिनमा थप प्रभावकारी बनाउदै निरन्तरता दिने बताउनु भयो ।
नेपालको पर्यटन प्रवद्धन गर्नको लागि मार्ट फलदायी वन्दै गएकोले समेत आयोजकले जनाएको छ । मार्टको विशेष लोकप्रिय बी–टु–बी कार्यक्रम बन्दै गएको छ, जुन पर्यटन ब्यावसायीहरु, सहभागीहरु तथा सबै सरोकारवालाहरुका लागि नेटवर्किङ्ग, ब्यावसाय प्रवद्र्धन, ज्ञान तथा सिप आदान–प्रदान गर्न एक अद्धितीय मञ्च बन्दै गएको समेत बताएको छ । मार्टको पहिलो दुई संस्करणहरु सन् २०१७ सालमा ५३ देशहरुवाट २ सय २५ विदेशी प्रतिनिधिहरु तथा र सन् २०१८ मा ३६ वटा विभिन्न देशहरुवाट १सय ७० भन्दा बढी विदेशी प्रतिनिधिहरुको सहभागिता जनाएका थिए ।
नेपाल, भारत, पाकिस्थान, चाईना (तिब्वत), भुटान र म्यानमार जस्ता हिमालयन राष्ट्रहरुबाट विक्तेताहरु तथा युरोप, अमेरीका (उत्तर–दक्षिण), अष्टे«लिया, न्यूजिल्याड, एसिया सि. आई. एस. राष्ट्रहरु एशिया र अरब राष्ट्रका विक्रेताहरुलाई एउटा थलोमा सहभागी गराएर सहभागीहरुबीच ब्यापार आदान–प्रदान तथा सम्बन्ध संञ्जाल विस्तारको उद्देश्यले पाटा नेपाल च्याप्टरद्धारा विजनेस–टु–विजनेस मार्टको परिकल्पना गरिदै मार्ट आयोजान गदै आएको छ । मार्टले विश्व पर्यटन बजारमा राम्रो ख्याति प्राप्त गरीरहेको र पर्यटन आगमनहुने स्रोत बजारहरुवाट मार्टमा सहभागिताका लागि चासो समेत बढिरहेको आयोजकले जनाएको छ ।
‘हिमालयन ट्राभल मार्टको दास्रो संस्करणमा आईपुग्दा हामीले हिमालयन राष्ट्रहरु बाहेक युएई, भियतनाम जस्ता राष्ट्रहरुले विक्रेताको रुपमा सहभागिता जनाएको पायौ, जसले प्रश्तुत मार्टको बढ्दो लोकप्रियतालाइ दर्शाउँछ र यसलाई हामीले एउटा ठूलो उपलब्धी तथा भविष्यमा अझ प्रभावकारी एवम् फलदायी मार्ट आयोजनका लागि प्रेरकका रुपमा लिएका छौ।’ पहिलो दुई संस्करणहरुको सफल आयोजन पछि पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडालले बताउनु भएको छ ।
उहाँले ‘पाटा नेपाल दृढ शंकल्प सहित आगामी संस्करणहरुलाई अझ सशक्त एवं प्रभावकारी बनाउन प्रतिबद्ध रहेको छ र हामी सम्पूर्ण सरोकारवालाहरुलाई पर्यटन मार्फत राष्ट्र समृद्धिको अभियानमा संगै हातेमालो गर्न तथा सहकार्य र निरन्तर सहयोगका लागि अनुरोध गर्दछा’ै ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।