काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले बालाजुस्थित विभिन्न डेरी उद्योग सोमबार छापा मार्नु भएको छ । डेरी उद्योगले गुणस्तरहीन उत्पादन गरेको भन्ने खबर पाएपछि मन्त्री खनालसहित मन्त्रालयको टोली आधुनिक डेरी प्रोडक्ट, शुलभ कृषि डेरी र डिडिसी दुधको उत्पादन केन्द्रमा छापा मार्न पुगेको हो ।
मन्त्रीसहितको टोलीले आधुनिक डेरी प्रोडक्ट र सुलभ डेरीको पाउडरको गोदाम न्यूनतम मापदण्डभित्र नरहेको उल्लेख गर्दै त्यसलाई शील गरेको छ । मन्त्री खनालले डिडीसी दुधको पनि गुणस्तर परीक्षण गर्ने र मापदण्ड विपरित भए कारवाही गर्ने बताउनु भयो ।
मन्त्रालयको टोलीले तीन वटै दुधको ३० वटा स्याम्पल परीक्षणका लागि लगेको छ । मन्त्री खनालसहितको टोलीले केही दिनअघि कालिमाटी तरकारी तथा फलफूल बजारमा अनुगमन गरेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।