धनवीर दाहाल, रुकुम । बाँफीकोट गाउँपालिका २ पीपल कुनाखेतमा बहुउद्देश्य पानी प्रणाली (मुस) निर्माण गरिएको छ । झण्डै साढे ९ लाख रुपैयाँ लगानीमा छिप्रेखोला खरखहरे बहुउद्देश्य पानी प्रणाली (मुस) निर्माण गरिएको हो ।
युसआईडि र रुकुमेली समाज विकास केन्द्रको साझदारीमा सञ्चालित पहल कार्यक्रमको २ लाख ७६ हजार १ सय ५१ रुपैयाँ, समुदायको ५ लाख ८४ हजार ५ सय २७ रुपैया र गाउँपालिका बाँफीकोटको ६५ हजार रुपैयाँ गरी ९ लाख २५ हजार ६ सय ७८ रुपैयाँको लगानीमा बहुउद्देश्य पानी प्रणाली (मुस) को निर्माण गरिएको स्थानीयले बताएका छन् ।
स्थानीयबासी तुलशा घर्तिका अनुसार – ‘खानेपानीको समस्या भोग्दै आएको गाउँमा (मुस) निर्माण पछि खानेपानीका साथै सिँचाईको समेत सुविधा पुगेको छ ।’ यसअघि गाउँमा खानेपानीको सहजता नहुँदा सानीभेरीको पानी खान बाध्य थियौ, मसु मार्फत गाउँमा खानपानी निर्माण भएपछि सहज भएको छ ।
बहुउद्देश्य पानी प्रणाली (मुस) अन्र्तगत ५ वटा सिँचाई धारा, ६ वटा बालमैत्री धारा निर्माण गरिएको रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीले जानकारी दिएका छन् । उनले भने, ‘समुदायको माग र आवश्यकताको आधारमा (मुस) निर्माण गरिएको हो ।’ पहल कार्यक्रम रुकुम जिल्लाका साविकका पीपल, पोखरा, काँडा, रुकुमकोट र चुनवाङ्ग गाविसमा कृषि, जीविकोपार्जन, वन तथा बातावरण संरक्षण र विपद् व्यवस्थापनको क्षेत्रमा काम गदै आएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।