नेपाल समाचारपत्र, काठमाडौं । पछिल्लो शैक्षिक अवस्थाको विषयमा सरकारले विभिन्न चार वटा समिति गठन गरेको छ । चिकित्सा शिक्षाको एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने निर्णयका लागि प्रव्रिmया अघि बढाइएको छ ।
यसका लागि नीति तथा मापदण्ड निर्धारण गरी परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्न चिकित्सा शिक्षा आयोगका सदस्य प्रा.डा.जगदिश प्रसाद अग्रवालको संयोजकत्वमा ६ सदस्यीय परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति गठन भएको छ ।
समितिमा प्राडा सिर्जना श्रेष्ठ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सदस्य, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका परीक्षा प्रमुख, काठमाण्डौ विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्स धुलिखेलका परीक्षा प्रमुख, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका परीक्षा प्रमुखलाई सदस्य तोकिएको छ भने चिकित्सा शिक्षा आयोगका उपसचिव तुलसी प्रसाद आचार्यलाइ सदस्य सचिव रहेका छन् ।
त्यस्तै चिकित्सा शिक्षा आयोगका सदस्य प्राडा धर्मकान्त बाँस्कोटाको संयोजकत्वमा ५ सदस्यीय शिक्षण संस्थाहरुको “सिट संख्या निर्धारण समिति” गठन गरेको छ ।
समितिमा काठमाण्डौ विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्सका डिन प्राडा राजेन्द्र कोजु, वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा गुरू खनाल, त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानका प्राडा राजेन्द्र गुरागाई सदस्य रहेका छन् ।
कार्यदयको सदस्य सचिवमा चिकित्सा शिक्षा आयोगका सचिव लालजंग रहनुभएको छ ।
मन्त्रालयले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम सम्बन्धी व्यवस्थामा सुधार गर्न प्राडा प्रमोद श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
कार्यदलका सदस्यहरुमा डा. सुनिलबाबु श्रेष्ठ, डा. राजेन्द्र अधिकारी, प्राडा. टंकनाथ शर्मा र मन्त्रालयका सहसचिव डा. हरी लम्साल रहेका छन् । शिक्षा, विज्ञान प्रविधि मन्त्रालयका उपसचिव डा. मुकुन्दमणि खनाललाई सदस्य सचिव तोकेको मन्त्रालयले जनाएको छ ।
विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालित संस्थाहरुको प्रभावकारी अनुगमन, मूल्यांकन, परीक्षा प्रणालीलगायतका विषयमा अध्ययन र विदेशी विश्वविद्यालयका सम्बन्धनमा सञ्चालन भएका शैक्षिक कार्यव्रmमको समकक्षताका सम्बन्धमा उपयुक्त विधि र प्रव्रिmया लगायतका विषयमा उपयुक्त सुझाव पेश गर्न प्रा.डा. यादवराज कोइरालाको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
सात सदस्यीय कार्यदलका सदस्य सचिव मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतम रहेका छन् । मन्त्रीस्तरबाट भएको निर्णय अनुसार कार्यदललाई २ महिनाको कार्याअवधि दिइएको मन्त्रालयका प्रवक्ता सहसचिव बैकुन्ठ अर्यालले जानकारी दिनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।