नेपाल समाचारपत्र, काठमाडौं । प्रदेश नम्बर ७ का आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराले प्रदेश सरकारले २६ अर्ब रुपिया“सम्मको बजेट ल्याउन लागेको बताउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार समाज र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा धनगढीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बोहोराले संघीय सरकारले उपलब्ध गराएको २१ अर्ब बराबरको अनुदान र प्रदेश सरकारले विभिन्न क्षेत्रबाट स्रोत परिचालन गरी बजेट निर्माण गरिरने बताउनुभयो ।
पूर्वाधार, जलविद्युत्, उद्योग, कृषिलगायतलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिरहेको बताउ“दै उहा“ले लगानी आकर्षित गर्न कर छुट दिन लागिएको जानकारी दिनुभयो ।
मन्त्री बोहराले कर दबाबले भन्दा पनि रहरले तिर्ने वातावरणको सिर्जना गर्ने बताउनुभयो । उहा“ले विकास र समृद्धिको आधार वर्षको रुपमा यो बजेट ल्याउन लागेको बताउनु हु“दै संघीयता कार्यान्वयनको चरणमा बजेट आउन गालेको, विकास र समृद्धिको आधार वर्षको रूपमा बजेटको कार्यान्वय नहुने बताउनुभयो ।
कार्यक्रममा प्रदेश नम्बर ७ का सभामुख अर्जुनबहादुर थापाले राजनीतिकभन्दा आर्थिक क्रान्ति अभियानमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।
युनडीपीकी आवासीय उपनिर्देशक सोफी केमखाडेले दिगो विकासका लक्ष्य कार्यान्वयनका लागि सरकार, नागरिक समाज र पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।