काठमाडौं । नेपाली लोक संगीतको जगेर्ना गर्ने हेतुले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले एकल लोक गायन प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रतिष्ठान नेपालले यही असार १४ र १५ गते राजधानीको जमलस्थित सांस्कृतिक संस्था (राष्ट्रिय नाचघर)मा भव्य लोकगायन प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो ।
केहि समय अगाडी प्रतिष्ठानले प्रत्यक्ष दोहोरी प्रतियोगिता समेत सम्पन्न गरिसकेको छ । प्रतिष्ठानका अध्यक्ष तथा गायक बद्री पंगेनीको नेतृत्वमा सम्पन्न हुने उक्त दोहोरी प्रतियोगितामा देशभरका प्रतियोगी कलाकारहरुको उपस्थिति रहने प्रचारप्रसार प्रमुख लोकदोहोरी गायक राजन गुरुङले जानकारी दिए ।
अग्रजदेखि समकालिन कलाकारलाई एकै थलोमा अटाउने कोसिसले हुन लागेको उक्त प्रतियोगिताको जिल्ला, क्षेत्र र अञ्चल प्रतियोगीहरुको छनोट भैसकेको र केहि दिनमै सहभागी हुने जिल्लाहरुको नाम सार्वजनिक गर्ने गुरुङले जानकारी दिए ।
देशभरका ७ प्रदेशबाट छनोट हुने प्रतिष्पर्धी कलाकार ३५ जना रहनेछन् भने काठमाडौं उपत्यका समन्वय समितिका ९ समितिबाट ५÷५ प्रतियोगी गरि उक्त प्रतियोगितामा छनोट गरिसकेको प्रतिष्ठानले जानकारी दिएको छ ।
केहि वैकल्पिक कलाकारलाई समेत उक्त प्रतियोगितामा समाबेश गरिने गायक गुरुङले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजक भने मेगा बैंक रहने छ ।
प्रथम पुरस्कारको रुपमा पृथ्बी थकालीले रु एक लाख प्रायोजन गर्ने घोषणा भैसकेको छ भने अन्य प्रायोजकहरु पनि बढिरहेको प्रतिष्ठानले जानकारी दिएको छ ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।