हेटौंडा, (नेस)
‘जिल्ला प्रहरी कार्यालय मकवानपुरको अठोट–शान्तिसुरक्षा कायम तथा अपराध नियन्त्रित मकवानपुर जिल्लाको बनोट’ तथा ‘टोलटोलमा प्रहरी’ विषयक अन्तत्र्रिmया भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार कार्यक्रम गरेको हो । सामुदायिक प्रहरी सेवाको अवधारणाअनुरुप नागरिकमैत्री प्रहरीका रुपमा छवि विस्तारमा तीव्रता दिन, जनताको घरदैलोमा प्रहरी पुगेर सुरक्षा सरोकार विषयमा सुसूचित गराउने तथा वस्तुगत पारिस्थिति पद्धति विकास गर्न प्रत्येक वडामा चार वटाका दरले टोल विभाजन गरी प्रत्येक टोलमा ४ प्रहरी खटाएर सेवा थालेको छ ।
आफ्नो टोलका प्रत्येक जनताको घरदैलोमा प्रहरी पुगी सुरक्षा सरोकार विषयमा सुझाव, सल्लाह आदानप्रदान र टोलको वस्तुस्थितिबारे अभिलेख राखी प्रहरी कार्यलाई सहज बनाउनुका साथै अपराध अनुसन्धान तथा नियन्त्रणमा उपलब्धिमूलक नतिजाका प्रहरीले कार्ययोजना तयार गरी ‘टोलटोलमा प्रहरी’ कार्यक्रम लागु गरिएको छ ।
‘सामुदायिक प्रहरी सेवाको प्रभावकारी कार्यान्वयनका माध्यमबाट अपराध रोकथाम गर्दै, अपराध अनुसन्धान तथा शान्ति र सुव्यवस्था कायम गर्ने कार्यमा सहयोग गरिनेछ,’ प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले भन्नुभयो–समुदाय र प्रहरीको सहकार्य र समन्वयमा अपराध र अपराधजन्य समस्या पहिचान र समाधान गरी अपराधको दर घटाएर समुदाय र प्रहरीबीच दुरी कम गरी विश्वास अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ ।
उपलब्ध साधनस्रोत तथा जनशक्तिको अधिकतम् प्रयोग गर्दै प्रहरी र समुदायबीच समन्वय र सहकार्यमा जनताको घरदैलोमा पुगी प्रभावकारीरुपमा प्रहरी सेवा प्रदान गर्नु नै ‘टोलटोलमा प्रहरी’ अभियान कार्यक्रमको उद्धेश्य छ ।
सामुदायिक प्रहरी शाखाहरु तथा सामुदायिक प्रहरीले ‘प्रहरी मेरो साथी’, सामुदायिक प्रहरी क्रियाकलापलाई ‘टोलटोलमा प्रहरी अभियान’ कार्यक्रमअन्तर्गत् सञ्चालन गरिने, समुदाय र प्रहरीबीच बलियो साझेदारी प्रभावकारी सामुदायिक प्रहरी सेवाको मूल आधार भएको हुँदा स्थानीय सुरक्षामा समुदाय र प्रहरीबीच साझेदारीलाई सुनिश्चित गर्न जिल्ला प्रहरी, इलाका प्रहरी, वडा प्रहरी र आवश्यकताअनुसार प्रहरी चौकी र सामुदायिक प्रहरीले प्रहरीलाई सहयोग गर्ने, प्रहरीसँग समन्वय र सहकार्य गर्न इच्छुक संघसंस्था, नागरिक समाज, जनप्रतिनिधि, विद्यालय, विभिन्न समूह, क्लब, पूर्वप्रहरी तथा राष्ट्रसेवक, टोल सुधार समिति आदिसँग समन्वय र सहकार्य गरिने प्रउ श्रेष्ठले स्पष्ट पार्नुभयो ।
जिल्ला प्रहरीले हेटांैडाका १९ वटा वडालाई ४ वटा टोलमा विभाजन गरी ७६ टोल विभाजन गरेर प्रत्येक टोलमा १÷१ जिम्मेवार प्रहरी खटाएको छ । यसले स्थानीयसँग समन्वय गरी अपराध अनुसन्धान तथा नियन्त्रणमा टेवा पु¥याउनुका साथै समृद्ध नेपाल निर्माणका लागि जनतासँग समन्वय र सहकार्यका लागि प्राथमिकता छनौट गरी कार्ययोजना तयार गरी लागु गर्न लागिएको छ ।
प्रहरी प्रत्येक नागरिकको घरदैलोमा प्रत्यक्ष उपस्थित भएर सुरक्षा सरोकारका विषयमा जानकारी लिने, स्थानीय समुदायमा सुरक्षा सचेतना अभिवृद्धि गर्ने कार्यले समुदाय र प्रहरीबीच विश्वास अभिवृद्धि हुने, समुदाय र प्रहरीबीच समन्वय र सहकार्यले बिचौलिया निरुत्साहित हुने उहाँको विश्वास छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।