- सुमन कार्की,
पाल्पा । नेपाली गीत संगीतको क्षेत्रमा पाल्पाली लोक गायक कमल भट्राईले पृथक तथा मार्मिक गीत ‘सम्बेदना’ लिएर आउँदै छन् । पाल्पालीको लागि कालो दिन कहलिएको २०७५ जेष्ठ १८ गतेको घटनालाई गीतको माध्यमबाट यथार्थमा उतारेका छन् । गायकले गीतलाई वास्तविक घटनाको चित्रण गदै भिडियोको छाँयाकन पनि सम्पन्न गरिसकेका छन् ।
या गीत छिट्टै बजारमा आउने गायक भट्टराईले बताएका छन् । यो गीतको लय, शव्द र स्वर भट्टराईको आफ्नै रहेको छ । गीतको भिडियोलाई विजय बम्डेलले निर्देशन गरेका हुन् । गीतको एरेन्ज तथा म्यूजिक खेम गोपाल थापाले
गरेका छन् ।
गीतको सुटिङ्गको क्रममा सुटिङ्ग हेर्र्ने दर्शकसमेत भावुक वन्न पुगेको, गीतमा यर्थात चित्रण गरिएको र मार्मिक हुनाले आम नेपालीको मन छुने स्थानिय राज शाहीले बताएका छन् ।
रम्भा गाँउपालिका ४ हुमिनमा जेष्ठ १८ गते शुक्रबार लु.२.ख ९७५ नम्वरको बस दुर्घटनामा परि १४ जना पाल्पालीको मृत्यु भएको शोकमग्न अवस्थामा कमल भट्टराईले यो गीत रचेका हुन् ।
गायक कमल भट्टराई भन्छन्, ‘पाल्पाको दुर्घटना जव भयो, सवैभन्दा पहिला मनमा करेन्ट लागे जस्तो भो । त्यसपछि सबैले त्यस दिनको झरीको लक्षण त्यही घटनालाई लक्षित गरेर यमराजले पारेकोे जस्तो लाग्यो ।’ गायक भट्टराईले यस गीत अगावै विभिन्न गीतहरुमा आफ्नो शब्द, लय तथा आवाज दिइसकेका छन् ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।