जापान, एनआरएनए महिला फोरम जापानले जापानमा रहेका नेपाली महिला दिदीबहिनीहरुको बढ्दो स्वास्थ्य समस्या न्युनिकरणमा पहल गर्ने भएको छ ।
जापानमा बढ्दो नेपालीहरुको संख्यासंगै स्वास्थ्य समस्याहरु पनि बढिरहेको छ, त्यसमा पनि महिला दिदीबहिनीहरुको समस्या अझ बिकराल बन्दै गईरहेको अवस्थामा यो कार्यक्रम गर्न लागिएको संयोजक सबिता श्रेष्ठले जानकारी दिनुभयो ।
एनआरएनए महिला फोरम जापानले जापान सरकारको वडाकार्यलयहरुबाट गरिने स्वास्थ्य जाँच र सुबिधा बारे जानकारी तथा परिवार नियोजन र गर्भपतनबारे जापानको नियम कानुन कस्तो छ त रु भन्ने जानकारी गराउने उद्देश्येले एक विशेष कार्यक्रमको आयोजना गर्न लागेको बताईएको छ । कार्यक्रम आगमी जुलाई ८ तारिख आईतबार टोकियोको सिन्जुकु ह्याकुनिन च्यो २-२० -२३,स्थित सोलमारी मुरा हलमा, दिनको २ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।
यो स्वास्थ्य परिक्षण गराउने कार्यक्रम नभई स्वास्थ्य सचेतना जगाउने जानकारी मुलक कार्यक्रम हो । साथै आफ्ना स्वास्थ्यसंग सम्बन्धित केहि जिज्ञासा भएमा पुर्व स्वास्थ्य परिक्षण रिपोर्ट लिएर आउनकालागि अनुरोध गरिएको छ । सबै सामु व्यक्त गर्न नसकिने खालका स्त्रिरोग संग सम्बन्धित जिज्ञासाहरु भएमा गोप्यरुपमा सम्बन्धित विशेषज्ञसंग राख्न सकिने व्यवस्था पनि गरिएको बताईएको छ । कार्यक्रममा नि स्शुल्क सहभागी बन्न सकिनेछ ।
कार्यक्रममा, नेपालीहरुका लागि सुचना प्रवाहको पनि सहयोग रहेको जनाईएको छ । कार्यक्रममा जापानी स्वास्थ्य विशेषज्ञहरुबाट महिला स्वास्थ्य र त्यसका लागि उपलब्ध सुबिधाको जानकारी तथा परिवार नियोजन र गर्भपतनको नियम कानुनबारे जानकारी गराईनेछ । कार्यक्रमका लागि सिन्जुकु वडाकार्यलय मातहातको सिन्जुकु हिगासी सिन्जु स्वास्थ्य सेन्टरको विशेषज्ञिय सहयोग रहेनेछ । साथै जापानी र नेपाली दोभाषेहरुको पनि व्यवस्था हुने भएकाले भाषा नबुझ्नेहरुका लागि पनि उपयुक्त रहेको जानकारी गराईएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।