संजय कुशवाहा
२० साउन नवलपरासी । लगतार अबिरल बर्षाले गर्दा नवलपरासीको सुस्ता गाउपालिका वार्ड न।३ सेखुवाना डुबानमा परेको छ ।सुस्ता गाउपालिका ३ सेखुवाना र फेनहरा लगायतका भूभाग डुबानमा पर्दा स्थानीयवासीहरू ले बिचल्लीभएका छन ।सेखुवानाको उत्तर तर्फ रयपुरवा खोला छ जुन पहाडको छेउ बाट बगेर आएको हो ।सो खोलामा पानीको बाहाव बढि भएको हुदा गए राति करिब ११ बजे एकासी बाध फुटे पछि सेखुवाना र फोनहरा गाउमा पानी पसेको हो ।
सेखुवानामा आएको बाढीले मानवीय क्षति नभए पनि त्यहा भएको पशुपति मन्दिरको धर्म सालामा भएको सामाग्री ,सार्वजनिक पार्टी पैवामा भएको सामाग्री ,पशुपति शिक्षा मन्दिर स्कुलको बोर्ड रसाथै आधा दर्जन डुबानमा परेको घरहरूमा भएको खदान,कपडा ,आवस्यक कागजात आदि समेत बगाएर लगेको पिपरपाति परसौनी जल उपभोक्ता समितिका अध्यक्ष लोरिक यादवले बताएका छन ।यादवले दिएको जानकारी अनुसार पिपरपाति परसौनी मुलसाखा को नहर करिब ५०० मिटर क्षति भएको छ ।सेखुवानामा आयको बाढीले प्रतापुर बाट त्रिवेणी जाने भित्री सडक खण्ड पुर्ण रूपमा यातायात अवरुद्ध भएको छ ।त्रिवेणी जानेहरूले प्रतापुर बाट गण्डक नहरको किनारमा बाटो भएर जाने गरेका छन ।सेखुवानामा भएको पशुपति शिक्षा मन्दिर स्कुलमा बाढीको पानी पसेकोले स्कुलका पठनपाठन ठप रहेको छ।