शोभाखर पन्थी, अर्घाखाँची
दुई ठाउँमा गाडि फेरी ७ घण्टाको गाडीको यात्रा पुरा गरी बुटवल पुग्ने पटौटी अर्घाखाँचीका दुर्गा अधिकारी अहिले २ घण्टामै बुटवल पुग्छन् । पोखराथोकका निम बहादुर रास्कोटी बुटवलको लागि ३ घण्टाको पैदलबाटो हिंडी निगाली आएर ४ सय पचास रुपैयाँ भाडातिरेर पाल्पा हुँदै घण्टौ लगाएर बुटवल जाने गर्थे । अहिले दुई घण्टामै २ सय रुपैया भाडा तिरेर बुटवल जाने गरेको बताउँछन् ।
बुटवल जान मोटरसाइकलमा झण्डै ५ घण्टा लगाउने पणेना अर्घाखाँचीका पिताम्बर पोख्रेल अहिले २ घण्टामै बुटवल पुग्छन् । अधिकारी , रास्कोटी र पोख्रेलका कुरा सुन्दा सबैलाई आश्चर्य लाग्नु स्वभाविकै हो । तर सालझण्डी देखि सन्धिखर्क हुँदै ढोरपाटन सम्मको मोटरबाटो बने सँगै अर्घाखाँची जिल्लाका हजारौ स्थानीय बासिन्दालाई निकै राहतको महसुस भएको छ । बुटवलबाट गोरुसिङ्गे सन्धिखर्क सडक भएर सन्धिखर्क आउनु भन्दा सालझण्डी ढोरपाटन भएर आउँदा २७ किलोमिटर दुरी छोटो भएपछि जिल्लाका बासिन्दलाई यात्रा गर्न निक्कै सजिलो भएको हो ।
बुटवलको लागि गोरुसिङ्गे सन्धिखर्क सडक भेटाउन घुम्टि पर्खनु पर्ने पाणिनी गाउँ पालिकाको पोखराथोक, पटौटी, पणेना, धातिवाङ्ग, मैदान, पाली अड्गुरी र खिदिमका बासिन्दाहरुले आफ्नै घर आँगनबाट सालझण्डी ढोरपाटन सडक बने सँगै निकै खुसी भएका छन् । गाउँको बाटो भएर सडक गएपछि अहिले अर्घाखाँची र गुल्मी जिल्लाका विकट ग्रामिण क्षेत्रहरु समेत बजारीकरण बन्दै गएका छन् ।
घनाजङ्गल र बस्ती नै नभएका खर्कहरु समेत अहिले मानव बस्तीका कारण निक्कै आकर्षक स्थान बन्न पुगेका छन् भने एक दुईवटा खरले छाएर बनाइएको झुपडीहरुमा अहिले आकर्षक पक्की घरहरु बनाईदै गरेको देख्न सकिन्छ । सालझण्डी ढोरपाटन सडक निर्माण सँगै सडक आसपासका क्षेत्रमा जग्गा जमिनको मुल्य समेत आकासिएको स्थानीय बासिन्दाहरुको भनाई छ ।सडक निर्माणको कामले तिब्रता पाए सँगै शहरका मानिसहरु प्रत्येक दिन जग्गा किन्न आउने गरेका छन् ।
५÷७ वर्ष पहिलेसम्म सित्तैमा जग्गा दिन्छौ भन्दा पनि कोहि किन्न आउने थिएनन् अहिले मुखको भाउमा जग्गा खोज्न आउने गर्दछन् पोखराथोकका रामबहादुर थापाले बताए । सडक निर्माणसँगै अहिले अर्घाखाँचीको सन्धिखर्क, दुर्गाफाँट,रतनमारे ,निगाली देउराली ,रुपन्देहीको सालझण्डी, गुल्मीको पुर्काेट दह, अर्खवाङ्ग, बाग्लुङ्को राजकुट, देविस्थान लगायतका बजार क्षेत्रमा घडेरीको मुल्य निक्कै आकासिएको छ । सन्धिखर्कमा एकहात घडेरीको मुल्य ५ लाख सम्म पर्ने गरेको स्थानीयको भनाई छ । सडक छेउकै ग्रामिण इलाका बजार क्षेत्रहरुमा प्रतिहात ५० हजार भन्दा बढी मुल्यमा घडेरी विक्रि हुने गरेको स्थानीय बासिन्दाको भनाई छ ।
झण्डै ६ वर्ष पहिलेबाट सुरु भएको सडक निर्माणको कामलाई निक्कै तिब्रताका साथ अँगाडि बढाइएको छ। हाल सालझण्डी देखि ढोरपाटन सम्म १ सय ९५ किलोमिटर सडकको ट्याक खुलेको छ सालझण्डी देखि गुल्मी र बाग्लुङ्गको सिमा क्षेत्र सम्मको १ सय ५५ किलोमिटर सडकमा डबल कटिङको काम पुरा भएको छ भने अर्खवाङ्ग,बुर्तिवाङ्ग हुँदै ढोरपाटन सम्म स्टक्चर निर्माण र कटिङ्गको काम भई रहेको छ ।करिव ६५ किलोमिटर सडक खण्ड ग्राभेल भईसकेको सालझण्डी ढोरपाटन सडक आयोजनाका प्रमुख होम बहादुर ए.सी.ले जानाकारी दिए ।
ढुङ्ग्रेखोला र कन्चन खोला बीचको १८ कि.मी. सडक ठेक्का लागेको ४ बर्ष सम्म पनि कम्पनीले प्रभावकारी रुपमा काम नगर्दा सोंचे अनुसारको प्रगती हुननसकेको आयोजना प्रमुख ए.सी.को गुनासो छ । आफुहरुले पटक पटक ताकेता गर्नूका साथै जरिवाना काट्दा पनि अटेरगरी काममा ढिला सुस्तीगरेपछि बि.टी.जयबाबा जे.भि.कम्पनीका प्रतिनिधिलाई ५ दिन थुनामा राखेको भन्दै उनले असार २० गते सम्म काम सम्पन्न नगरेमा संझैता तोडेर कार्बाहि गर्ने तयारी गरेको बताए ।
सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगत सदरमुकाम सन्धिखर्कको रुटमा भने लामो समयदेखि विवाद रहँदै आएको छ । चुत्रावेशी सन्धिखर्क बजारको विचबाट सडक लैजाँदा केहीघरमा क्षति पुग्नुका साथै आर्थिक तथा भौतीक विनास व्यहोर्नुपर्ने भन्दै स्थानीय बासिन्दाले बिरोध गर्दै आएका छन् ।सडक आयोजनाका प्रमुख ए.सी.ले भने जनताले कुरा नबुझेर बिरोध गरेको बताए ।
जनताको उठीबास गरेर सडक लैजाने आफुहरुको कुनै मनसाय नभएको भन्दै उनले जनप्रतिनिधि, राजनैतिक दल,नागरिक समाज र स्थानीय समाज सेविको पहल र मध्यस्ततामा बिबादास्पद ठाउँमा जनताको सहमतीमै सडक खोलिने बताए । सालझण्डी ढोरपाटन सडकआयोजनाले ५० मिटर बाटो बनाउँ छ भनेर अनाबस्यक रुपमा हल्ला गरेर जनतालाई भ्रममा पारीएको छ हामीले बनाउन खोजेको बाटो केबल १२ मिटर मात्रै हो भन्दै उनले अँगाडि भने त्यस्को लागि पनि क्षती पूर्तिको व्यबस्था गरेका छौं । राम्रो सँग कुरा बुझेपछि जनता स्वयं बाटो बनाउन आग्रह गर्दै आउने उनको बिश्वास छ ।
राष्ट्रिय गौरवको आयोजना लाई सम्पन्न गर्न आयोजनाका प्रमुख र कर्मचारी हरु अहोरात्र खटिरहेकाछन् । जिल्लाका निर्वाचित सांसद तथा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले समेत सडकको कामलाई समयमै सक्न ठेकेदार लाई पटक पटक दवाब दिदै आएका छन् । यसैबीच समयमै काम सम्पन्न गरेका आयोजनाका ठेकेदारले काम सकेको लामो समय सम्म पनि रकम भुक्तानी नपाएको गुनासो गरेका छन् । उनीहरुले आयोजनाले रकम भुक्तानी नदिएपछि आफुहरुको कारोवार चौपट भएको गुनासो गरे । आयोजनाका प्रमुख ए.सी.भने पटक पटक आग्रह गर्दापनि केन्द्र बाट रकम नआएकोले भूक्तानी दिन नसकेको बताउँछन् । काम सकेका ठेकेदार लाई समयमै भक्तानी दिन नसक्दा निक्कै भनाई सहनु परेको उनको गुनासो छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।