काठमाडौं । आसुसेन फिल्मसको ब्यानरमा बन्दै गरेको ‘मेरी मामु’ फिल्मको काठमाडौंको जोरपाटीमा पाका अभिनेत्री भुवन चन्द र ‘प्रेम गीत २’ फिल्मका लेखक तथा दिर्नेशक रामशरण पाठकद्वारा एक्शन कट गर्दै शुभ मुहर्त गरिएको छ । शुभ मुहर्तसँगै निर्माता तथा कलाकार सन्तोष सेनको चौथो फिल्म ‘मेरी मामु’ फ्लोरमा गरेको छ ।
निर्माता सेनका अनुसार यो फिल्म बाल मनोविज्ञानमा आधारित रहेको छ, जहाँ आमा र छोराबीचको सम्बन्धलाई देखाउन खोजिने छ । यसै फिल्मबाट निर्माता सेनको ६ वर्षिय छोरा आयुव सेन र कुसुम गुरुङले डेब्यु गर्दैछन् । फिल्ममा आयुवले छोराको भुमिकामा अभिनय गर्दैछन् । त्यस्तै आमाको भुमिकामा कुसुम गुरुङले अभिनय गर्दैछन् ।
यो फिल्ममा आयुव सेन र कुसुम गुरुङको साथमा आश्लेसा ठकुरी, शारुख ताम्राकार, भुवन चन्द दुर्गा मल्ल लगाएत कलाकारहरुको अभिनय रहनेछ । सन्तोष सेनको निर्माणमा फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्दैछन् । फिल्ममा कल्यान सिंहको संगीत रहनेछ । फिल्मलाई यम थापाले निर्देशन गर्दैछन् । फिल्मको कथा पनि निर्देशक थापाको आफ्नै रहेको छ ।
फिल्मका निर्माता सेनले कथालाई पृथक तरिकाले परिभाषित गर्दै सम्पूर्ण दर्शकहरुको साथ र समर्थनको आशा राख्दै अगाडि बढेको जानकारी गराएका छन् । साथै निर्माता सेनले यो फिल्म आगामी भदौ १५ गतेबाट दर्शकमाझ रिलिजमा ल्याउने जानकारी पनि गराएका छन् ।
निर्माता सेनले सामाजिक सञ्जाल फेसबुक मार्फत ‘मेरी मामु’ फिल्मको रिलिज मिति तोक्दै आजबाट फ्लोरमा गएको जानकारी गराएका हुन् । यो फिल्ममा मेसि नामको गोल्डेन रेटिभ जातको कुकुरको पनि अभिनय रहने निर्माता सेनले जानकारी गराएका छन् । जुन कुकुरलाई प्रतिष्ठित माउण्ट एभरेष्ट केनल क्लबमार्फ थाइल्याण्डबाट नेपाल ल्याइएको छ ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।