एजेन्सी । अभिनेत्री श्रीदेवीकी छोरी जान्वी कपूर फिल्म ‘धडक’ बाट बलिउडमा प्रवेश गर्दैछिन् । उक्त फिल्ममा जान्वीले एकदमै कम पारिश्रमिक लिएको खुलासा भएको छ ।
निर्माताले फिल्मको लागि जान्वीलाई ३० लाख रुपैयाँ मात्रै दिएको भारतीय मिडायाले जनाइएको छ । यस्तै उनीसँगै बलिउडमा प्रवेश गरेका नायक इशान खट्टरलाई पनि जम्मा ५० लाख रुपैयाँ पारिश्रमिक दिएको खुलासा भएको छ । बलिउडका चलेका नायकहरुको पारिश्रमिक भने १५ करोड रुपैयाँ भन्दा माथी छ भने नायिकाहरुको पाश्रिमिक ५ करोडभन्दा बढी नै हुने गरेको छ ।
यो फिल्म लभस्टोरीमा आधारित छ । फिल्मलाई ध्रर्मा प्रोड्क्सनबाट निर्माण गरिएको हो । मराठी फिल्म ’साइराट’को रिमेक रहेको यस फिल्मलाई शाश्ङक खेतानले निर्देशन् गरेका हुन् । रिलीजको समय २० जुलाई तोकिएको फिल्ममा जाह्नवी र इसानको अलावा आशुतोष राणा,अपरसक्ती खुराना लगायत कलाकारहरू छन् ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।