नेपाल समाचारपत्र, पर्वत । साथीहरुको कुटाइबाट मलेसियामा ज्यान गुमाएका पर्वतका युवा किशोर केसी (नसिब) को शब तीन हप्ता पछि नेपाल आएको छ ।
पर्वतको मोदी गाउँपालिका–५ बाजुङ धमिलपानी गाउँका मृतक केसीको शब सोमबार बिहान घरमा आएको हो । जेठ १५ गते साथीहरुले कुटेरै केसीको हत्या गरेका थिए ।
मृतकको केसीको सोमबार बिहान मोदीखोलामा दाहसंस्कार गरिएको छ । बाबु भीमबहादुर केसीले कान्छा छोरा नसिबको शबमा दागबत्ती दिएका दिए । रोजगारीका लागि बिदेश गएका युवाको अल्पायुमै आफ्नै साथीले कुटेर हत्या गरेपछि सिंगो गाउँ शोकमा डुबेको छ ।
मृतकको शब गाउँमा आइपछि सयौ गाउँलेहरु श्रद्धाञ्जली दिन पुगेका थिए । ‘सिंगो गाउँ नै शोकमा डुबेको थियो ’ स्थानियबासी तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्वतका नेता भक्त कुवँरले भने ‘शब देखेपछि आँशु नझार्ने कोही भएन ’रोजगारीकै लागि मलेसिया पुगेका पूर्वी नेपालका ४ जनाले नसिवमाथि आक्रमण गरेका थिए।
संगै काम गर्ने नेपाली युवाहरुले कुटपिट गर्दा गम्भीर घाइते भएका क्षेत्रीको मलेसियाको पुत्रोदय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । साथीहरुले रडले प्रहार गर्दा क्षेत्रीको पेटमा गहिरो चोट लागेको थियो ।
केसीको कुटपिट गरि हत्या गर्ने साथीहरु चारै जनालाई प्रहरी नियन्त्रणमा रहेपनि एक जनालाई दोषी देखाएर अन्य उम्केको पाइएको छ । चारै जना दोषी भएपनि एक जनालाई जिम्वेवारी स्विकार गर्न लगाई अन्य रिहा भएको सुचना आएको नेता भक्त कुवँरले बताए । ‘अपराधमा चारै जना संलग्न भएकाले उनीहरुका बिरुद्ध कानुनी लडाई लड्नु पर्ने अवस्था आएको छ ’
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।