
सिर्जना पन्त, बागलुङ (नेस) ।
नेपालमा एकमात्र विषयमा गहन अध्यायन गराउने र उत्पादनशिल जनशक्ति उत्पादन गर्नै विश्वविद्यालयको आवश्यकता रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । बागलुङमा सोमबार प्रादेशिक विश्वविद्यालय तथा प्राविधिक महाविद्यालय स्थापना विषयक अन्तरक्रिया कार्यक्रमका सहभागिले यस्तो बताएका हुन ।
अध्यन कार्यदल प्रादेशिक विश्वविद्यालय र प्राविधिक महाविद्यालय सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर–४ ले बागलुङ र पर्वतका प्रध्यापक तथा नागरिक समाज र पत्रकारहरुको विचमा आयोजना गरेको उक्त कार्यक्रममा प्रदेश नम्बर ४ मा कस्तो खालको विश्वविद्यालयको आवश्यकता छ, स्थान र विषय पहिचानको विषयमा छलफल भएको थियो ।
छलफलका सहभागिहरुले नेपालमा विश्वविद्यालयको कमि नभएको भन्दैं नया“ विश्वविद्यालय स्थापना गर्ने हो भने वेरोजगार जनशक्ति उत्पादन गर्ने कारखाना जस्तो बनाउन नहुने बताएका थिए । उनिहरुले प्रदेशको भुगोल, प्रकृति र संस्कृतीलाई चिनाउ“ने गरि विश्वविद्यालयको निर्माण हुनुपर्ने बताएका छन् ।
नेपालका विश्वविद्यालयमा उत्पादन भएका दक्ष जनशक्तिहरु युरोप र अमेरीका छिर्नै, समान्य शिक्षा लिएका व्यक्तिहरु पनि खाडीमा पसिना बगाउदैं गरेको भन्दंै उनिहरुले नेपालका विश्वविद्यालयहरुले पनि जापान र अष्ट्रेलियाले जस्तो शिक्षा संगैं रोजगारीको व्यवस्था गर्नसके वैदेशिक रोजगार समेत रोकिने बताएका थिए ।
सबै खालका अध्यापन हुने विश्वविद्यालय हामीले चलाउ“छौं भन्नु मुर्खता हुने र प्रदेश सरकारले धान्न नसक्ने भन्दैं सातवटै प्रदेशले समन्वय र सल्लाह गरेर फरकर फरक विषयमा अध्यायन र अनुसन्धान हुने विश्वविद्यालयको निर्माण गर्नुपर्ने उनिहरुको धारणा थियो ।
सो अवसरमा बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले शिक्षा, स्वास्थ्य र विकासका अवसरहरु पोखरामा मात्र केन्द्रीत गर्नेहो भने संघियतामाथि नै प्रश्न उठने भन्दैं प्रदेश सरकारले पछाडि परेका भुगोल र क्षेत्रलाई पनि अगाडी बढाउने गरिर व्यवस्थापन गर्नुपर्ने बताउ“नुभएको थियो ।
उहा“ले प्रदेश सरकारले निर्माण गर्ने विश्वविद्यालय धौलागिरिका कुनै एक जिल्लामा निर्माण गर्नुपर्ने धारणा राख्दैं जग्गा व्यवस्थान गर्न आफु तयार रहेको समेत बताउ“नु भएको थियो । ‘विश्वविद्यालय निर्माणको लागि आवश्यक जग्गा सहित सबै खालको सहयोग गर्न हामि सक्षम छौं, पौडेलले भन्नुभयो केन्द्रले क्षेत्र र क्षेत्रले अञ्चल शोषित गरेजस्तो प्रदेशले हामिलाई शोषण नगरोस ।’
त्यस्तै कार्यक्रममा बोल्दै कार्यदलका प्रमुख प्रोफेसर डाक्टर गणेशमान गुरुङले विश्वविद्यालय स्थापना गर्नको लागि आफुहरुले सबै जिल्लामा पुगेर अनुभव, जिज्ञासा र अपेक्षा सहित सुझाव संकलन गरिहरेको भन्दैं बागलुङ र पर्वतका सहभागिले उठाएका विषयबस्तु प्रदेश र केन्द्रमा समेत पु¥याउने बताउ“नुभएको छ । उहा“ले सबै स्थानका सहभागिका अपेक्षा र देशको आवश्यकता अनुसार आफ्नो कार्यदलले कार्यसम्पादन गर्ने समेत बताउनुभएको थियो ।
कार्यदलका सदस्य प्राडा विश्वकल्याण पराजुलीले उद्देश्य माथि प्रकाश पारेको कार्यक्रम धौलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमखु तथा कार्यक्रमका अध्यक्ष रामप्रसाद उपाध्यायको स्वागत, तथा सहायक क्याम्पस प्रमुख हरि प्रसाद पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।