गोबिन्द प्रसाद भण्डारी, अछाम
कमल बजार नगरपालीका वडा न. ९ मष्टाबण्डाली स्वास्थ्यचौकीको भवन निर्माण कार्य ७ बर्ष बितीसक्दापनी अझै पुरा भएको छैन ।
७ बर्ष अघि निर्माण कार्य सुरु भएको स्वास्थ्य चौकीको भवन अहीले सम्मपनी निर्माण कार्य पुरा नहुदा त्यस क्षेत्रका स्थानीय आक्रोसित भएका छन ।निर्माण गर्न थालीएको स्वास्थ्य चौकीको भवन निर्माण कार्य पुरा नहुदै भत्कीने अवस्थामा पुगीसकेको छ ।
भवन निर्माण कार्य गुणस्तर नभएको र भवनको निर्माण कार्य पुरा नहुदै भत्कीने अवस्थामा पुगेको स्थानीय ईन्द्र रावतले बताउनुभयो । भवनको निर्माण कार्य रोकीएको ३ बर्ष भईसकेको छ । पटक पटक भवन निर्माणको बिषयलाई लीएर जिल्ला प्रसाशन कार्यालय, तत्कालीन जिल्ला विकास समिती र सांसदहरुलाई जानकारी गराउदा समेत कुनै सुनुवाई नभएको स्थानीयको गुनासो रहेको छ । एक करोड ४ लाखमा सम्झौता भएको भवन निर्माणमा २० लाख भन्दाबढी खर्च नभएको स्थानीय जानकारहरु बताउछन ।
यतीका बर्ष सम्म भवनको यस्तो अवस्था हुदापनी कसैले चासो नदेखाएको र यस्ता ठेकेदारलाई कानुनी कार्बाही गर्नुपर्ने चक्रेश्वरी माविका प्रधानाध्यापक कासीराम बजगाईले माग गर्नुभयो । १६ कोठे भवन निर्माण भएपछि स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवा सहज हुने आसा आसामै सिमीत भएको स्वास्थ्यचौकीका सिनिएर अनमी कमल खड्काले गुनासोगर्नु भयो । उहाँका अनुसार अहीले स्वास्थ्य चौकीमा सुरक्षित तरिकाले प्रसुती गराउन निकै समस्या रहेको छ । एक जनाभन्दा बढी सुत्केरी महिला स्वास्थ्यचौकीमा आए भुईमा राखेर प्रसुती गराउनुपर्ने बाध्यता रहेको छ ।
विभिन्न निकायमा पटक पटक अनुरोध गर्दापनी अहीले सम्म कुनै सुनुवाई नभएपछि आफुलाई निराश बनाएको अनमी खड्काको भनाई छ । यता जिल्ला समन्वय समिती अछामका उप संयोजक टोप बहादुर रावलले भवनको अवस्था देखेर आफुलाई लज्जीत बनाएको भन्दै विकास निर्माणका योजनाहरु समयमै सम्पन्न नगर्ने ब्यक्तिहरु विकास बिरोधी भएकाले यस्ता ठेकेदारलाई कार्बाही गर्नलागी आफुले पहल गर्ने बताउनु भएको छ ।
भवन निर्माणको जिम्मा लीएका ठेकेदार डोटीका छत्र कडायतले काम किन र के कारणले रोके जानकारी नगराएको वडाअध्यक्ष दुर्गा प्रसाद बजगाईले बताउनुभयो । २ तलेघर निर्माणको जिम्मा लीएका ठेकेदार कडायतले एकैतला पुरा नगरेर काम छोडी दिएका छन । भवन भत्कीने अवस्थामा पुगीसकेकाले यस्ता विकास निर्माणका कामहरुमा चरम लापरबाही गर्ने ठेकेदारलाई कडा कार्बाही गर्नुपर्ने त्यस क्षेत्रका स्थानीय माग गर्न थालेका छन । स्वास्थ्य चौकीबाट त्यस क्षेत्रका साबिकका मष्टाबण्डाली, घोडासैन र सेरा गाविसका सेवाग्राहीहरु सेवा लीईरहेका छन ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।