काठमाडौं । भारतीय कलाकार राजन कुमार नेपाल आएका छन् । उनी आफ्नो फिल्म ‘नमस्ते बिहार’को प्रोमोशनको लागि नेपाल आएका हुन् । राजन कुमारको यो फिल्म जुलाईको अन्तिम साताबाट दर्शकमाझ रिलिजमा आउँदैछ ।
राजन कुमारले काठमाडौंमा पत्रकारहरुसँग भेटघाट गरेका छन् । उनले ‘चार्ली चाप्लिन २’को रुपमा सन् २०१० मा गिनिज बुकमा पनि लेखाउन सफल भएका छन् । पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा उनले ‘चार्ली चाप्लिन’को अभिनय पनि गरेका थिए ।
राजन कुमारले बिहारमा जन्मिएको युवाको कथामा ‘नमस्ते बिहार’ बनेको बताएका छन् । यो फिल्मको अभिनेत्रीको रुपमा भूमिका कलिता छन् । यो फिल्ममा राजन कुमारले निडर र साहसी युवाको भुमिकामा अभिनय गरेका बताएका छन् । यसै फिल्मको प्रोमोशन गर्न र घुमघामका लागि नेपाल आएको समेत भेटघाटमा बताए ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।