नेपाल समाचारपत्र, गुल्मी
गुल्मीमा जिल्ला युवा समितिले युवाहरुलाई ग्राफिक्स डिजाइन तालिम सुरु गरेको छ । जिल्लामा रहेका बेरोजगार युवाहरुलाई तालिम दिएर स्वरोजगार बनाउने उदेश्यले तालिम राखिएको जिल्ला युवा समिति गुल्मीकी नासु सञ्जिवनी आर्यलले बताइन् ।
समितिले मंगलवार एक कार्यक्रमको आयोजना गरेर २५ जना युवालाई एक महिना सम्मको लागि कम्प्युटर मार्फत बिभिन्न खालका डिजाइन गर्न सक्ने गरि ग्राफिक्स डिजाइन तालिम दिन सुरु गरेको हो । बढ्दो बेरोजगार र युवाहरुको बिदेस प्रतिको मोहलाई निरुत्साहित गरि स्वदेसमै रोजगारको प्रबन्ध गर्न भन्दै एक महिने तालिम सुरु गरिएको अर्यालको भनाई छ ।
बजारमा कम्प्युटर शिक्षा लिए पनि बिभिन्न डिजाइन तथा प्रेसहरुमा काम गर्न सक्ने जनशक्तिको पनि कमी भएकाले तालिम दिएर युवालाई रोजगारिमा ल्याउनु मुख्य उदेश्य रहेको अर्यालले बताइन् । तालिमको रेसुङ्गा नगरपालिका गुल्मीका मेयर डिल्लीराज भुसालले उद्घाटन गरेका थिए ।
तालिमको उद्घाटन गर्दै मेयर भुसालले तालिमले आत्मबल बढाउनुका साथै रोजगारिका अबसरमा पनि सृजना गर्ने भएकाले अनुसाशित भएर सिक्न आग्रह गरे । तालिम योग्यता भएका व्यक्तिलाई खाली बस्न नपर्ने भएकाले तालिम लिएर योग्य ब्यक्ति बन्न आग्रह गरे ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।