कञ्चनपुर (नेस)
कञ्चनपुरमा प्राकृतिक विपद्का बेलामा कसरी बाँच्ने र बचाउने भन्ने घटनाको अभ्यास महाकाली नदिमा गरेको छ । प्राकृतिक विपद्का बेलामा प्राकृतिक विपद्बाट कसरी बाँच्ने र बचाउन सकिन्छ भन्ने बारेमा जानकारी दिन विपद् व्यवस्थापन समिति कञ्चनपुरल ेविपद् व्यवस्थापन कायक्रम अन्र्तगत कृत्रिम घटना अभ्यास गरीएको हो ।
कञ्चनपुका निमित्त जिल्ला अधिकारी सोभा अधिकारिले बर्षातको समय सुरु भएकाले प्राकृतिक विपद्को घटना जुनसुकै बेलामा पनि हुने भएकाले पुर्व अभ्यास गरीएको वताउनुभयो । उहाँले जनचेतना होस्, हामीले पनि आआप्नो ठाउँबाट तयार भएर बस्न र विपद् न्यूनिकरण गर्नु नै अभ्यासको उद्देश्य रहेको वताउनुभयो । नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा कञ्चनपुरका सभापति टेकराज उप्रतीले भोलिको दिनमा ठुलो बिढी आउने भएको त्यसबाट बच्नका लागीे र आप्नो साधन स्रोत सहित तयारी अवस्थाामा रहनका लागी पुर्व अभ्यास गरीएको बताउनुभयो ।
वर्षातको समय सुरु हुन लागेकोले जिल्लामा बाढी र डुवान जस्ता प्राकृतिक विपद् आउने हुनाले कृत्रिम घटना अभ्यासको पुर्व अभ्यास गरीएको हो । कृत्रिम घटना अभ्यासमा जिल्ला प्रशासन कार्यलय कञ्चनपुर ,नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा कञ्चनपुर, खाने पानि कार्यलय कञ्चनपुर ,निडस कञ्चनपुर, मसिकोर नेपाल, महिला तथा बालबिकास, नेपाली सेना, नेपाल प्रहरी र स्थायि बासिन्दाको सहभागिता रहेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।