काठमाडौंका(नेस) ।
स्थानीय सम्पदाप्रेमीले काठमाडौं महानगरपालिका उपप्रमुख हरीप्रभा खड्गीलाई घास उपहार दिएका छ । महानगरको स्वामित्वमा रहेको रानीपोखरी घास र फोहोरले भरिदासम्म वेवास्ता गरेको आरोप लगाउदै स्थानीय अभियन्ताले उपप्रमुख खड्गीलाई घास उपहार दिएका हुन ।
काठमाडौं उपत्यकाका नेवार समुदायको चाड सिठी नखः को अवसर पारेर मंगलबार बिहान रानी पोखरीको सफाई गरेका थिए । सिथी नखःको दिन पोखरी इनार सफागर्ने चलन छ । अभियन्ता , स्थानीय र प्रहरीले समेत रानीपोखरी सफा गरेलगत्तै महानगरपालिकाको मुख्यालयको उपमेयरको कार्यकक्षमा पुगेर घास उपहार दिएका थिए । घास ग्रहण गर्दै उपमेयर खड्गीले यथासक्य चाडो रानी पोखरीको पुननिर्माण शुरु गर्ने जानकारी गराउनुभयो ।
कामपाले यो महिनाभित्रै रानीपोखरीको ड्रइङ , डिजाइन तयार गरी टेन्डर निकाल्ने अन्तिम तयारी गरेको छ । कामपाले करिब १५ करोड रुपिया लागतमा रानीपोखरी पुननिर्माण गर्ने तयारी गरेको छ ।
मन्दीरको बीचमा रहेको वालगोपालेश्वर मन्दीर पुरातत्व विभागले पुननिर्माण जारी राखेको छ । सो मन्दीर यही असार महिनाभित्रै पुननिर्माण सम्पन्न हुने विभागले जनाएको छ । अभियन्ताले कामपा, महानगरीय प्रहरी परिसर काठमाडौं, र पुरातत्व विभागलाई १२ बुदे ध्यानाकर्षणपत्र बुझाएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।