हेटौंडा,(नेस)
हेटौंडा अस्पतालमा सञ्चालनमा आएको फिजियोथेरापी सेवा उद्घाटन गरिएको छ । प्रदेश–३ सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालले अस्पतालको फिजियोथेरापी एकाईं उद्घाटन गर्नुभएको हो ।
उद्घाटन गर्दै मन्त्री दुलालले हेटौंडा अस्पतालले सञ्चालन गरिरहेको सेवा र आगामी दिनमा विस्तार गर्ने सेवामा अभिभावकत्व ग्रहण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विकलांगमित्र समूहद्वारा सञ्चालित अपांग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रले ५ लाख बराबरको उपचार सामग्री अस्पताललाई हस्तान्तरण गरेको थियो ।
स्वास्थ्य मन्त्रालयले एकजना चिकित्सकको दरबन्दी प्रदान गरेपछि फिजियोथेरापी सेवा सञ्चालन गर्न सहज भएको हो ।अस्पतालमा फिजियोथेरापिष्ट डा. सौम्या झाले सेवा प्रदान गर्ने हुनुभएको छ । डा. झाका अनुसार शारीरिक तथा स्नायु पक्षघात भएर शरीरका विभिन्न अंगमा समस्या देखिए फिजियोथेरापीमार्फत् उपचार गराइने छ ।
हेटौंडा अस्पताल विकास समिति अध्यक्ष रमेश गिरीले जनशक्ति अभावका कारण सेवाग्राहीको अपेक्षाअनुसार सेवा प्रदान गर्न नसकिएको बताउनुभयो । हेटौंडा अस्पतालको सेवा प्रवाहमा जनविश्वास बढेका कारण २ नम्बर प्रदेशका विभिन्न जिल्लाबाट हेटौंडा अस्पतालमा सेवाग्राही आउने गरेको उहाँले जानकारी दिनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।