मोतीराम तिमल्सिना, काभ्रे
खानीखोला गाउँपालिका वडा नम्वर ५ घर भएका बलभद्र तिमल्सिनाले पहिलो किस्ता लिएर दोश्रो किस्ताका लागि फाराम भरेको ६ महिना पुग्न लागिसक्यो । किस्ताका लागि भरिएको फारामको उत्तर अझै आएको छैन ।
डिपिसीसम्म निर्माण गरेपछि दोश्रो किस्ता प्राप्त हुन्छ भन्ने मान्यताका आधारमा उनले निर्माण गरेको घरको तस्विर सहित भरिएको फाराम पुरानो भईसक्दा समेत किस्ता उपलब्ध भएको छैन । बलभद्र प्रतिनिधि पात्र हुन् । खानिखोला गाउँपालिकाका अधिकांश वडाका भुकम्प पीडितहरुले प्राप्त गर्नु पर्ने रकम प्राप्त गरेका छैनन् ।
केहिले पहिलो किस्ता पछि घरको जग समेत राखेका छैनन । जसले आवश्यकताका आधारमा घर निर्माण गरे उनिहरुले तेश्रो किस्ता प्राप्त गर्नु पर्ने अवस्थामा समेत प्राप्त गरेका छैनन । घर निर्माण सकिएको अवस्थामा समेत दोश्रो किस्ता प्राप्त भएको छैन ।
तेश्रो किस्ता प्राप्त गर्नेहरुको संख्या न्युन छ । केहि पीडितहरुले लाभग्राहिको सूचीमा नाम निस्किए पनि किस्ता पाउन सकेका छैनन । लाभग्राहिको सूचीमा छुटेका बास्तविक पीडितहरुको अझै गुनासो सुनुवाई भएको छैन । पछिल्लो समय सार्वजनिक गरिएको गुनासो फर्छाैटमा पनि खानिखोलाका गुनासो पीडितहरुको नामावली समावेश गरिएको छैन ।
खानिखोला गाउँपालिका वडा नम्वर १ का अध्यक्ष ज्ञानबहादुर लामाले ८० घर धुरीले दोश्रो किस्ताका लागि दिएको निवेदनको सुनुवाई नभएको बताए । वडा नम्वर ४ का अध्यक्ष विरबहादुर वाईवाले वडा नम्वर ४ का एक सय १३ घर धुरीको दोश्रो किस्ता बापतको रकम नआएको बताए । केहिले एक कोठे घर निर्माण गरिएको छ ।
शुरुमा एक कोठे घरलाई समेत अनुदान दिने भनिएका आधारमा निर्माण भएका घरहरुले रकम नपाउने भएपछि त्यहि घरमा जोडेर दोहोरो खर्चमा अर्काे एक कोठा थपिरहेका छन् । प्राधिकरणको दोहोरो नीति तथा पटक पटकको फरक फरक निर्णयले भुकम्प पीडितहरुले दुख ब्यहोर्नु परेको वडा अध्यक्ष वाईवाले बताए ।
वडा नम्वर ५ का अध्यक्ष दुर्गा तिमल्सिनाले गत साउनमा सकिएको घरको अझै किस्ता पाउन नसकिएको बताए । ११ महिनासम्म निर्माण सम्पन्न भएको घरको किस्ता प्राप्त नहुँदा पटक पटक सदरमुकाममा रहेको कार्यालयमा जानकारी गराउँदा आउँदैछ आउँदैछ बाहेक अरु जवाफ नआएको वडा अध्यक्ष तिमल्सिनाले बताए ।
वडा नम्वर ६ का अध्यक्ष मानबहादुर गोलेले भुकम्प पीडितहरुको समस्या समाधानमा प्राधिकरणले लार्पवाहि गरेको अरोप लगाए । गुनासोको ब्यवस्थापन, किस्ता प्राप्त गर्ने ब्यक्तिहरुलाई भुक्तानी नहुँदा पीडितहरु झनै पीडित भएको उनले बताए । वडा अध्यक्ष विरबहादुर लामाले घर निर्माण सम्पन्न भएको लामो समय किस्ता प्राप्त नभएकाले पीडितहरुले दुख पाईरहेको बताए । जनप्रतिनिधि निर्वाचित भएको एक वर्ष नाघिसक्दा समेत ४ सय भन्दा धेरै भुकम्प पीडितको गुनासो सम्बोधन नभएकोमा लाचार जस्तो भएको अध्यक्ष कृष्ण खुलालले बताए ।
‘प्राविधिक मापदण्ड पुरा गरी घर निर्माण गरिसकेका पीडितहरुले समेत भुक्तानी पाएनन्’–अध्यक्ष खुलालले भने–‘गुनासो फछ्र्याैट गर्ने अधिकार स्थानीय तहलाई दिने हो भने बास्तविक पीिडितको संख्या एकिन हुन्छ ।’ पुनः सर्भेक्षण गरी भरिएका फारामहरुको सत्य तथ्य समयमै नआउँदा जनप्रतिनिधि लाचार हुनु परेको खुलालको भनाई छ ।
वडा अध्यक्ष क्षेत्रमान घ्यावाले सबै प्रकृया पुरा गरेका २० भन्दा धेरैले रकम प्राप्त गर्न नसकेको गुनासो गरे । कार्यालयमा जाँदा बैकमा भन्छन् बैकमा जाँदा आएको छैनन भन्छन् जान्छ कहाँ ? आउँछ कहिले ? पीडितहरुको पीडामा झनै पीडा थप्ने काम भएको जनप्रतिनिधिहरुको गुनासो छ । वडा नम्वर ३ का अध्यक्ष जय मगरले राज्यले स्थानीयहरुको समस्यामा चासो देखाउनु पर्ने बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।