नेपाल समाचारपत्र, काठमाडौं
सीमारहित दृष्टि विषयमा आधारित १४औ वार्षिक सार्क एकेडेमी अफ अफ्थाल्मोलजी सम्मेलन २०१८ साथै २०औं नेपाल अफ्थाल्मिक सोसाइटीको वार्षिक बैठक बिहीबारदेखि नेपालमा आयोजना गरिएको छ ।
यसको उद्देश्य साउथ एशिया एशोसियसनको क्षेत्रिय सहकार्य (सार्क) अन्तर्गतको देशहरुमा देखिएका आँखा स्वास्थ्यसम्बन्धी समस्या र समाधानका लागि नयाँ प्रविधिबाट गर्न सकिने रोकथाम, उपचार र निर्मूलीकरण विषयमा छलफल गरिनेछ ।
आयोजक समितिका अध्यक्ष प्रा.डा.सुमन थापाका अनुसार सार्क राष्ट्रमा आँखाको समस्या एकै खालको हुन्छ । भौगोलिक, आर्थिक, वातावरणीय हिसाबले पनि प्रायः एकै हुनाले आँखाको समस्या एकै खालको देखिने गरेको छ ।
सार्कलगायत विश्वका अन्य विभिन्न देशबाट आएका नेत्रचिकित्सक, मध्यमस्तरीय आँखा स्वास्थ्यकर्मीद्वारा आँखा स्वास्थ्य सम्बन्धी अनुसन्धान, सार्कमा भएका आँखा स्वास्थ्य क्षेत्रमा भएका नयाँ प्रविधिको आविष्कार, आँखामा हुने दुर्लभ रोग, अन्धोपन न्यूनीकरण र आँखामा हुने विभिन्न प्रकारको रोगहरुलाई उपचार तथा निर्मूल आदि विषयमा आफ्नो अनुभव आदानप्रदान गरिनेछ ।
आयोजक समितिका सचिव प्रा.डा. सबिना श्रेष्ठका अनुसार सार्क एकडेमी अफ अफ्थाल्मोलोजी र नेपाल अफ्थाल्मिक सोसाइटीले संयुक्त रुपमा आयोजन गर्न लागेको यो सम्मेलन जुन २१ देखि २४ तारिख गरेर चार दिनसमम्म चल्नेछ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।