किर्तिपुर (नेस)
किर्तिपुर नगरमा पर्यटक प्रर्वद्धनको प्रबल सम्भावना रहेको उल्लेख गर्दै त्यसलाई साकार बनाउन चरणबद्ध कार्यक्रमको खाँचो औल्याइएको छ । किर्तिपुर नगरपालिकाको सहयोग र नेवाः पत्रकार राष्ट्रिय दबँको आयोजनामा शुक्रबार किर्तिपुरस्थित नयाँबजारमा भएको किर्तिपुरको संस्कृति, सम्पदा र पर्यटन प्रवद्र्धनमा सञ्चारमाध्यमको भँमिका विषयक अन्तक्र्रियामा सरोकारवालाहरु सो खाँचो औल्याएका हुन् ।उनीहरुले नगरपालिकाको योजनाबद्ध कार्यक्रम, सरोकारवालाहरुबीच समन्वय गर्दै अघि बढ्नुपर्नेमा पनि जोड दिनुभयो ।
सो अवसरमा नगरपालिकाका प्रमुख रमेश महर्जनले किर्तिपुरमा ठँलठँला उद्योग र कलकारखाना स्थापना नभई पर्यटन उद्योग प्रर्वद्धन गर्ने ठँलो सम्भावना रहेको बताउनुभयो। उहाँले किर्तिपुरमा रहेका ऐतिहासिक सम्पदा, मँर्त, अर्मँत संस्कृतिको प्रर्वद्धन, संरक्षण र पर्यटकीय पँर्वाधारको निर्माणबाट आन्तरिक र बाहय पर्यटक प्रवद्र्धन गर्न सकिने प्रबल सम्भावना रहेको पनि बताउनुभयो । पर्यटकीय उद्योग प्रवद्र्धन गर्न सञ्चारमाध्यमको प्रभावकारी भँमिका रहेको उल्लेख गर्दै प्रमुख महर्जनले सञ्चारमाध्यमले पर्यटकीय गन्तव्यको प्रचारप्रसार, पर्यटक नीति कार्यान्वयन गर्न जनमत सिर्जना गर्नुपर्ने भनाई राख्नुभयो ।
किर्तिपुरलाई सांस्कृतिक र पर्यटकीय नगरको रुपमा विकास गर्ने लक्ष्यले नगरपालिका अघि बढीरहेको पनि प्रमुख महर्जनले जानकारी दिनुभयो । चम्पापुरमा केवल कार स्थापनाको लागि सम्भाव्यता अध्ययन भइरहेको पनि प्रमुख महर्जनले जानकारी दिनुभयो ।नगरपालिकाले स्थानीय पर्यटक पथप्रदर्शक,संस्कृति संरक्षण, इतिहासको खोजी, होमस्टेको प्रर्वद्धन कार्यक्रमलाई चरणबद्ध रुपमा अघि बढाउने योजना तर्जुमा गरिरहेको पनि प्रमुख महर्जनले जानकारी दिनुभयो ।
सो अवसरमा पर्यटनविद् दिलेन्द्र श्रेष्ठले नेपालमा प्राकृतिक र सांस्कृतिक पर्यटकको ठँलो सम्भावना रहेको बताउँदै पर्यटकहरुको दृष्टि र बुझाईबाट स्थानीय विकास र पँर्वाधार निर्माणलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली संस्कार, संस्कृति र परम्परामा भएका राम्रा, रोचक र ऐतिहासिक महत्वको पक्ष विशेषता र सन्देश अहिलेको समयसन्र्दभ मिल्ने गरी प्रचारप्रसार, परिमार्जन गरी नयाँ नयाँ सिजनात्मक कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
किर्तिपुरमा पर्यटक प्रवद्र्धन गर्न घुम्नुपर्ने गन्तव्यका रुपमा प्रचाप्रसार गर्नुपर्ने, यसको इतिहास, महत्वबारे पर्चा, पम्पलेट तयार गर्नुपर्ने खाँचो पनि उहाँले औल्याउनुभयो । सो अवसरमा गोरखापत्रका पँर्व सम्पादक एवं वरिष्ठ पत्रकार पुष्करभक्त माथेमाले सञ्चारमाध्यमले पर्यटकलाई लक्षित गरी उपयोगी सँचना प्रवाहलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो । वरिष्ठ पत्रकार एवं नेपाल भाषाको दैनिक नेपाल भाषा टाइम्सका सम्पादक सुरेशकिरण मानन्धरले संस्कृति, जात्रा, पर्व र परम्पराका विषयमा सञ्चारकर्मीले पर्यटकलाई लक्षित गरी आकर्षक तवरमा नयाँ नयाँ समाचारकोणबाट प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो ।
किर्तिपुर नगरपालिका भाषा, संस्कृति ललितकला र पर्यटन समितिका संयोजक रमेशकाजी डंगोलले किर्तिपुरको विकासमा पत्रकारिताको भँमिकालाई प्रभावकारी बनोस् भन्ने अपेक्षा गर्नुभयो ।
नेवाः पत्रकार राष्ट्रिय दबँका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले किर्तिपुरलाई चिनाउन यसको इतिहास लेखन, सम्पदा निर्माण, मँर्त र अर्मँत संस्कृति जोगाउन नगरपालिकाले सञ्चारमाध्यमसंग सहकार्य गरेर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले स्थानीय सञ्चारमाध्यमलाई प्रर्वद्धन गर्न , पत्रकारको दक्षता अभिवृद्धि गर्न पनि नगरपालिकाले प्राथमिकतामा राख्नुपर्ने पनि बताउनुभयो।
उद्घाटन सत्रपछि भएको अन्तक्र्रियामा सहभागी पत्रकरहरु, पर्यटन व्यवसायी, होमस्टे सञ्चालक, पथप्रदर्शकहरुले संस्कृति, सम्पदा र मौलिकपनप्रति गौरव गर्दै सञ्चारमाध्यममा त्यसलाई ल्याउन पत्रकार लगनशील हुनुपर्ने,संस्कृति सम्पदा संरक्षणलाई आर्थिक विकाससंग जोडेर अघि बढाउनुपर्ने,होमस्टेको कार्यक्रमलाई बढावा दिनुपर्ने, किर्तिपुका विभिन्न क्षेत्रलाई सम्पदा मार्ग र सम्पदा क्षेत्रको घोषणा गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले घुम्न आउन पर्यटकहरु कम्तीमा एक दिन बस्नुपर्ने र बस्न चाहने वातावरण तयार गर्नुपर्ने, भएका र प्रचारप्रसारमा आएका गन्तव्यसंगै नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रचारप्रसार गर्नुपर्ने पनि बताए ।
त्यसैगरी स्थानीय महिलाहरुले उत्पादन गरेको हस्तकलाजन्य सामग्रीको बिक्री वितरण र प्रवद्र्धन गर्नुपर्ने संस्कृति र परम्पराका वैज्ञानिक पक्षबारे फिचर, समाचार सम्प्रेषण हुनुपर्ने लगायत विषयमा सहभागीहरुले आआफ्नो धारणा राखेका थिए । व्यवसायी रविन प्रधानले शहरीकरणसंगै पुराना शैलीका घरहरु विस्थापित हुँदै गरेकोमा ध्यानाकर्षण गराउन ऐतिहासिक बस्तीमा परम्परागत शैलीमा घर निर्माण गर्न स्थानीय तहले प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
सगरमाथा आरोहण गर्ने महिला पत्रकार सम्मानित
यसैबीच समारोहमा सगरमाथा आरोहण गर्ने पत्रकारद्वय कल्पना महर्जन, पँर्णिमा श्रेष्ठलाई सम्मान गरिएको थियो ।सम्मानपछि पत्रकारद्वयले सगरमाथा आरोहण गर्दाको अनुभव सुनाउनुभएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।