नेपाल समाचारपत्र, काठमाडौं ।
संघीय संसदका दुवै सदनको संयुक्त बैठकले संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली पारित गरेको छ । दुबै सदनको संयुक्त बैठक सञ्चालनका लागि बनेको नियमावली संघीय संसदको संयुक्त बैठकबाट आज पारित भएको हो।
नियमावली मस्यौदा समितिका संयोजक कृष्णभक्त पोख्रेलले पेश गरेको नियमावलीमा समितिहरुमा समावेशी समानुपातिक प्रनिनिधित्व सुनिश्चित गर्ने व्यवस्था छ । नियमावलि मस्यौदामा सांसदहरु बिमला बिक, दुर्गा पौडेल र प्रेम सुवालले संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो ।
मस्यौदा समितिका सभापति पोख्रेलले समितिहरुमा महिला दलित जनजाति सबैको समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्ने प्रावधान राख्न स्वीकार गरेपछि सांसद बिकले संशोधन प्रस्ताव फिर्ता लिनुभयो । सांसद दुर्गा पौडेल र प्रेम सुवालको संशोधन अस्वीकृत भएका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।