नेपाल समाचारपत्र, हेटौंडा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अबको चुनाबमा पार्टीलाई अन्तर्घातबाट मुक्त बनाए चुनाब जितिने दाबी गर्नुभएको छ ।
जिल्ला सभापतिको राष्ट्रिय भेला समापनमा उहाँले पार्टी एक भएर चुनाब लडे चुनाब जित्न समस्या नभएको बताउनुभयो । अरुको भन्दा पनि आफ्नै कमी÷कमजोरीका कारण चुनाब हारिएको बताउँदै सभापति देउवाले भन्नुभयो–चुनाब जसरी नै जित्छौं भनेर काठमाडौं गएर टिकट लगे, तर जितेनन् । ‘उनीहरुको विश्वास र दबाबका कारण चुनाब लड्न टिकट दिइएको हो । चुनाब हारे, मैले के गर्नु त ?,’ उहाँले दबाब झेल्न नसकेका कारण हार्नेले टिकट पाउँदा पराजय भोग्नुपरेको दाबी गर्नुभयोे ।
पार्टी सभापति देउवाले गएको निर्वाचनमा टिकट वितरणका क्रममा केही त्रुटि भएको स्वीकार गर्नुभयो । उहाँले आगामी निर्वाचनमा त्यस प्रकारका त्रुटि नदोहो¥याउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । चुनाब जित्नेलाई टिकट दिन सकिए हाल आएको काँग्रेसको सिटमा २५ सिट थप जित्न सकिने आफूले आँकलन गरेको उहाँको भनाइ छ । अब पार्टीलाई जिताउने कुरामा मात्र हस्तक्षेप गर्ने उहाँको दाबी छ ।
सूर्यलाई भोट हाल्ने प्रवृत्ति त्याग्न उहाँले निर्देशन दिनुभयो । हरेक चुनाबमा एउटा क्षेत्रमा एक जनाले टिकट पाउने हो । तर, टिकट पाइएन भनेर आफ्नालाई भोट नहाल्ने प्रवृत्ति त्याग्न उहाँले आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो–दुई कम्युनिष्टको चेपुवामा छौं, धेरै चुनौती छन्, वडादेखि केन्द्रसम्म कम्युनिष्टको चुनौती छ । यो चुनौती सामना गरेर अगाडि बढौं । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको विधान परिवर्तन गरेर कांग्रेसको प्रदेशस्तर चुनाब गरिने बताउनुभयो । प्रदेश अधिवेशन गरेर नयाँ नेतृत्व ल्याउने बताउँदै उहाँले पार्टीभित्र गुट नभएको र अब गुट नबनाइने उद्घोष गर्नुभयो ।
आफूले पार्टीभित्र गुटबन्दी अन्त्य गर्न खोजेको जिकिर गर्दै उहाँले आफू जहिले पनि मध्यमार्गी बाटोमा हिँडेको दाबी गर्दै भन्नुभयो–पार्टी एकताको पक्षमा म जहिले पनि उभिएको छु । पार्टी चलाउन नेतृत्वलाई सल्लाह र सुझाव भने दिएर उहाँकै आधारमा काम गरेको छु ।
सभापतिसँग पार्टीभित्र काँधमा काँध मिलाएर अगाडि बढेको पौडेलको दाबी छ । उहाँले अर्को चुनाबलाई केन्द्रित गरेर मेची–महाकाली यात्रा गर्न लागिएको घोषणा गर्न भ्याउनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।