दुर्गाप्रसाद शर्मा, पर्वत
एउटै परिवारका तीन सन्तान जन्मेदेखि ओछ्यानमा छन, सामान्य परिवारका ती अपाङ्गको उपचार र खानपानका लागि समेत समस्या छ । सुतेरै जीवन बिताइरहेका ती अपाङ्गहरुको पिडा र समस्या युटुवबमा देखेपछि अमेरिकामा बस्दै आएका प्रवाशी बालबालिकाले तिहारमा देउसी खेलेर जम्मा गरेको रकम सहयोग गरेका छन ।
अमेरिकाको भर्जिनीयमा बस्ने साना बालबालिकाले तिहारमा देउसीमा जम्मा गरेको र बिद्यालयको खाजा खर्च कटाएर पर्वतको बिहादी गाउँपालिका वडा नं ३ रानीपानीका बलबहादुर परियारको तीन अपांग छोरीलाई आर्थिक सहयोग गरेका हुन ।
भर्जिनियमा बस्दै आएका पर्वतको कुस्मा नगरपालिका – ४ का माधब र सरिता उपाध्यायका छोरा छोरी स्मृति र प्रतिक तथा उनका साथीहरुले गएको तिहारमा देउसी खेलेको र खाजा खर्च कटाएर जम्मा गरेको ३१ हजार रुपैया आर्थिक सहयोग गरेका छन । सहयोग रकम पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र स्मृति र प्रतिककी हजुर आमा लुमाकुमारी उपाध्यायले अपांग बालिकाका बाबु बलबहादुर परियारलाई हस्तान्तरण गरे ।
रानीपानीका अपांग बच्चाहरुको अवस्था र उनीहरुको परिवारले स्याहार सुसारका लागि भोग्दै आएको समस्यामा सहयोगी बन्ने साना बालबालिकाको चाहना भएपछि आर्थिक सहयोग पठाएको उनीहरुका आफन्त भगवतीप्रसाद उपाध्यायले बताए ।
‘ओछ्यानमा सुतेका तीन जना अपांग र उनीहरुको समस्या देखेपछि देउसी खेलेको रकम सहयोग गर्ने चाहना राखेका थिए ’ स्मृति र प्रतिकका ठुलो बुवा उपाध्यायले भने । अमेरिकामा बस्दै आएका भैरहवाका बासिन्दा पदमराज रेग्मीको प्रेरणा र स्मृति तथा प्रतिकका साथीहरु रिवाज रेग्मी, प्रथा रेग्मी, सन्तोष क्षेत्री, बिशेष ढुंगाना र अच्युत ढुंगनाले देउसी खेलेर रकम जम्मा गरेका थिए । सहयोग रकम हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले आफुँ र कार्यालयबाट पनि सक्दो सहयोग गर्ने बचन दिए ।
जन्मे देखिनै ओच्छ्यानमा सुतेर मृत्यु पर्खिरहेका बलबहादुरका चार अपांग छोरी मध्ये एक जनाको मृत्यु भएको छ । अहिले २३ बर्षिया मिठु परियार, १५ बर्षकी गंगा र १३ बर्षकी अनिताको पालनपोषण परिवारले गर्दै आएको छ । बलबहादुर र कौशिलाका १० सन्तान मध्ये तीन सन्तानको चार सन्तान गुमाइसकेका छन । एक छोरीको विवाह भई सकेको छ । उता अर्की छोरी विद्यालय पढ्दैछिन ।
कान्छो छोरो काखमा छ । जन्मेको ६ महिना सम्म स्वस्थ्य नै भएपनि त्यसपछि छोरीहरु पालैपालो थला परेको बाबु बलबहादुरले बताए । निरन्तर बिरामी पर्ने भएकाले परिवार झनै समस्यामा पर्ने गरेको छ । उपचारका लागी बाबु आमाले ऋण गरेर विभिन्न ठाउँका अस्पताल सम्म पु¥याएपनि उपचार संभव छैन भनेर डाक्टरले नै फर्काएपछि उनीहरु मृत्यपर्यन्त सुतेरै दिन काट्न बाध्य छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।