दीपेन्द्र शर्मा, सुर्खेत
सुर्खेतमा जुवा खेलिरहेका १३ जना जुवाडेलाई प्रहरीले पक्राउ परेको छ । जुवा खेलिरहेको अवस्थामा कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर नगरपालीका १२ एयरपोर्ट स्थित चक्र बहादुर सापकोटाले सञ्चालन गरेको हिमाली एण्ड रेष्टुरेण्ट लजवाट ४ जना र चिङ्गाढ गाँउपालीका ५, ढाडखेत सुर्खेत स्थित कर्ण बहादुर रोकायको घरमा जुवा खेलिरहेका ९ जना गरि १३ जना लाई पक्राउ गरिएको हो ।
पैसाको हारजित हुने गरि जुँवा (तास) खेलिरहेका भन्ने गोप्य सुचनाका आधारमा प्रहरीले होटल तथा घर खानतलासी गर्दा जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक शंकर श्रेष्ठले जानकारी दिए ।
एयरपोर्ट स्थित चक्र बहादुर सापकोटाले सञ्चालन गरेको हिमाली एण्ड रेष्टुरेण्ट लजवाट तासको गड्डी, जुवा खेल्न प्रयोग गरिएका सामाग्री सहित रु. ६४ हजार चार सय र चिङ्गाढ गाँउपालीका ५, ढाडखेत सुर्खेत स्थित कर्ण बहादुर रोकायको घरवाट रु ६७ हजार चार सय छयानब्बे गरि एक लाख एकतिस हजार आठ सय ९६ रकम वरामत गरिएको प्रहरी निरिक्षक श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका जुवाडेहरु लाई जुँवा ऐन अन्तर्गत मुद्धा चलाउने तयारी भैइरहेको श्रेष्ठले वताए । जिल्ला अदालत सुर्खेतबाट म्याद थप अनुमति लिई आबश्यक अनुसन्धान भईरहेको उनले जानकारी दिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।