वीरगन्ज, (नेस)
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले मुलुक संघीय संरचनामा गरेका कारण जनताले राहतको महसुस गरेको बताएका छन् ।
तन्नेरी चासो र पिजे क्लब काठमाडौँको आयोजनामा शुक्रबार वीरगन्जको घण्टाघरमा आयोजित फोटो प्रदर्शनी कार्यक्रम बोल्दै मुख्यमंत्री गद्दीले स्थानीय, प्रदेश र संघ मिलेर मुलकलाई समृद्ध बनाउन यस्ता कार्यक्रमहरुले थप बल मिल्ने बताए ।
‘हामी नविर्सौ’ शिर्षक दिईएको उक्त फोटो प्रदर्शनीमा मुख्यमन्त्री लालबाबु राउत गद्दीले समग्र मु्लुक अहिले राजनीतिक स्थिरता तर्फ अगाडि बढेको बताए ।
फोटो प्रदर्शनी कार्यक्रममा मधेश आन्दोलन, नाका बन्दी, महाभुकम्प, बाढी पहिरो, दैनीकि अभाव, पेट्रोलियम पदार्थको हाहाकार लगायत संविधान निर्माण, स्थानीय, प्रदेश र सासदको निर्वाचन लगायतको जनतासंग प्रत्यक्ष सरोकार राख्ने विषयवस्तुहरु राखिएको तन्नेरी चासोका संयोजक शिवानाथ यादवले बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।