भक्तपुर (नेस)
माध्यमिक शिक्षा परीक्षा (एसर्इर्इ)को नतिजा भर्खरै सार्वजनिक भएको छ । केहीबेर अघि परीक्षा बोर्डको बैठक बसेपछि बोर्डले पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गरेको हो ।
गत चैत आठ गतेदेखि सञ्चालन भएको एसर्इर्इ परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी भएका थिए।
एसर्इर्इको नतिजा आइभीआर, एसएमएस र विभिन्न वेबसाइटमा हेर्न सकिने बोर्डले जनाएको छ । बोर्डका अनुसारआइभीआरतर्फ नेपाल टेलिकमबाट १६०० मा फोन गरी नतिजा सुन्न सकिन्छ। भने एसएमएसबाट पनि नतिजा थाहा पाउन सकिन्छ।
एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np मा, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np मा, परीक्षा नियन्त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ।
एसर्इर्इपछि विकल्पै विकल्प
कसरी हेर्ने एसर्इर्इकाे नतिजा ?
नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np र एनसेलको वेबसाइट ncell.axita.com मा पनि नतिजा हेर्न सकिन्छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।