बुटवल (नेस)
आन्तरिक तथा बाह्य पर्यटक नै समृद्धिको आधार भएको प्रदेश न ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले बताउनु भएको छ ।
शहिद स्मृतिपार्क शंकरनगर बनबाटिका रुपन्देहीको साधारण सभामा मन्त्री केसीले प्रदेश न ५ भित्र रहेका सबै धार्मिक, ऐतिहासिक, मनोरन्जनात्मक ,तथा विभिन्न प्रकृतिका पार्कहरुमा आन्तरिक र बाह्य पर्यटक भित्याउन सकेमात्र प्रदेशको समृद्ध नारा साकार हुने बताउनु भयो् ।
अबको समृद्धी एकल प्रयासले सम्भव नहुने भन्दै पार्कको प्रबद्र्धनमा सबै जुट्न आग्रह समेत गर्नु भयो । सस्थाका अध्यक्ष खेमलाल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमले आगामी बर्षका लागि २२ लाख २५ हजार बराबरको अनुमानित बजेट पेश गरेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।