नेपाल समाचारपत्र, लमजुङ
लमजुङमा प्रहरीले गाँजा फडानी कार्यमा सक्रीयता देखाएको छ । जिल्लाभर अभियानका रूपमा आफै उम्रिएका गाँजाका बोट उखेलेर नष्ट गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयको निर्देशनमा जिल्लाका विभिन्न स्थानमा रहेका इलाका प्रहरी कार्यालयदेखि अस्थायी पोष्टसम्मले सो कार्य गरेको जानकारीमा आएको छ । यसअघि ६ सय बोट नष्ट गरेको प्रहरीले पछिल्लो पटक २ हजार बढी बोट नष्ट गरेको एक विज्ञप्तिमार्फत जनाएको छ ।
सो अनुसार बेसीशहर नगरपालिका– ९ मा आफै उम्रिएका नौ सय बोट तथा सोही नपा– ११ को कार्कीडाँडामा २० बोट नष्ट गरिएको छ । इलाका प्रहरी कार्यालय भोटओडारद्वारा सुन्दरबजार नगारपालिका– २ खहरेमा १५० बोट र सोही वडाको पिपलबोटमा २० बोट, वडानं ३ को मिलनचोकमा १५० बोट र सोही नपा– ९ को सिउडीबारमा ६० बोट गाँजा नष्ट गरेको छ ।
त्यस्तै, इलाका प्रहरी कार्यालयले मध्यनेपाल– ६ भोर्लेटारमा तीनसय बोट, वडानं– २ टक्सारमा १५० बोट, सोही नपा– ४ स्थित सानु र ठुलो कुमालगाउँमा १३० बोट गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । सो विज्ञप्ति अनुसार इलाका प्रहरी कार्यालय बिचौरद्वारा दुधपोखरी गाउँपालिका– १ सिरानडाँडामा ५० बोट नष्ट गरेको छ । त्यस्तै, प्रहरी चौकी खुदीले मस्र्याङ्दी गाउँपालिका– ९ सिम्पानी गाउँमा १३५ बोट नष्ट गरेको छ ।
त्यसैगरी, प्रहरी चौकी धमिलिकुवाद्वारा रागिनास नगरपालिका– ७ गरमबेसीमा २ सयबोट गाजा नष्ट गरिएको छ । गिलुङ प्रहरी चौकीद्वारा कब्होलासोथार– ९ गिलुङमा २ सय बोट, प्रहरी चौकी तीनपिप्लेबाट रागिनास नगरपालिका– ३ टिमुरमा १५० बोट, सोही नगरपालिका– १० प्यारजुङमा प्रहरी चौकी गौँडाद्वारा ६० बोट गाजा नष्ट गरेको छ ।
गाजाका बोट नष्ट गर्ने अन्य प्रहरी चौकीमा श्रीभन्ज्याङले दोर्दी गाउँपालिका– ४ सेरामा ४० बोट तथा अस्थायी प्रहरी पोष्ट बेसीशहर– ८ ले करपुरेश्वर मन्दिर र बसपार्क क्षेत्रमा तीन सय बोट गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।