विराटनगर, (नेस)
मोरङका विभिन्न खोला तथा नदीमा अनियन्त्रित र जथाभावी उत्खननका विषयमा छानविन गर्न गठित प्राविधिक टोली सहितको छानविन समितिको सिफारिस अनुसार क्रसर ब्यवसायी भीम पौडेललाई जरिवाना गरिएको छ ।
अबैध रुपमा उत्खनन गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय मोरङले छानविन समिति गठन गरेको थियो । आर्थिक प्रलोभन र विभिन्न रुपमा मापदण्ड विपरीत क्रसर संचालन गर्ने र खोला तथा नदीबाट अनियन्त्रित उत्खनन् गरेको भनेर उजुरी परेपछि गठित छानविन टोलीको सिफारिसमा ६ लाख पाँच हजार ९ सय रुपैया जरिवाना गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।
प्रशासनले गठन गरेको छानविन समितिले च्यानलाईज गर्न उर्लाबारी नगरपालिकाले पनि बिधि र प्रकृया नपू¥याएको प्रतिवेदन दिएको छ । प्रतिवेदनमा च्यानलाइज गर्नुपर्ने ढुंगागिटी निकालेर बिक्री गरिएको उल्लेख छ । समितिले अध्ययन पछि ७ सय घन मिटर क्षेत्रको ढुंगागिटी उठाएर बिक्री गरेको निष्कर्ष सहित ६ लाख ५ हजार नौ सय रुपैया जरिवाना तिराएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार ठेकेदार पौडेलले जरिवाना बापतको रकम पनि तिरिसकेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।