रुकुम (नेस)
जवरजस्ती करनिको अभियोगमा नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष गणेश चिन्तनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत रुकुम (पश्चिम)का न्यायाधिश काजिवहादुर राईको इजलासले चिन्तनलाई आईतबार पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला अदालतका श्रेष्तेदार तेजप्रसाद पौडेलले जानकारी दिनुभयो ।
त्रिवेणी गाउँपालिका–१० की २४ वर्षिया एक युवतीलाई जवरजस्ती करणी गरेको अभियोगमा उनलाई गत जेठ २२ गते पक्राउ गरिएको थियो । केही समयसम्म नेपाल पत्रकार महासंघ जिल्ला शाखामा कार्यालय सहयोगीका रुपमा कार्यरत युवतीले आफूलाई जवरजस्ती करणी गरेको प्रहरीमा जाहेरी दिएपछि चिन्तनलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो ।
विगत एक वर्षदेखि विभिन्न डर धम्की तथा प्रलोभन देखाएर पटक–पटक करणी गरेको युवतीले दिएको जाहेरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ । जाहेरीमा नेपाल पत्रकार महासंघको कार्यकक्षमै पनि अध्यक्ष चिन्तनले करणीको प्रयास गरेको लेखिएको छ । पारिश्रमिक नदिएर उल्टै धम्क्याउने काम समेत उनले गरेको युवतीले बयान दिएको प्रहरीको भनाई छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।