कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्ज महानगरपालिकाको दोस्रो नगरपरिषद स्थगित भएको छ । जनप्रतिनिधिहरुको बहुमत नपुगेका कारण नगरसभाको बन्द सत्र स्थगित गरिएको हो ।
महानगरपालिकाका विभिन्न वडाका वडा सदस्यहरुले सेवा सुविधाको माग राख्दै प्रर्दशन गरेपछि परिषद रोकिएको हो । उद्घाटनसत्र बहिस्कार गरेका वडा सदस्यहरु बन्द सत्रमा समेत सहभागी नभएपछि बन्द सत्र अघि बढ्न सकेन । नगरसभाको बन्द सत्र अर्र्की सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको छ ।
बन्दसत्रमा सहभागी हुन बारम्बार आग्रह गरिएको भए पनि वडा सदस्यहरुले नमानेपछि आवश्यक कोरम नपुगेका कारण बन्द सत्र हालका लागि स्थगीत गरिएको वीरगञ्ज महनगरपालिकाका प्रमुख विजयकुमार सरावगीले जानकारी दिए । मागबारे नगरसभामा छलफल गर्ने र पारित गर्ने भन्दा पनि उनीहरु नमानेका नगर प्रमुख सरावगीले बताए ।
यसैबीच वीरगन्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५र०७६ को लागि ४ अर्ब ९७ करोड १ लाख ७७ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।वीरगन्जको नगरसभा गृहमा आइतबार आयोजित दोस्रो नगरसभामा उपप्रमुख शान्ति कार्कीले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् । महानगरपालिकाले सबै भन्दा बढी पूर्वाधार क्षेत्रको विकासका लागि बजेट छुट्याएको छ ।
कूल बजेटको ६७ प्रतिशत अर्थात तीन अर्ब ३६ करोड ६० लाख ८५ हजार रकम पूर्वाधार क्षेत्रको विकासका लागि विनियोजन गरिएको छ ।यसैगरी वातावरण तथा विपद व्यवस्थापनका लागि १ करोड ९१ लाख ५० हजार, सामाजिक विकासामा ८५ करोड ५५ लाख २३ हजार, कृषि, पर्यटनमा दुई करोड २० लाख ६७ हजार, सामाजिक सुरक्षा भत्ताका लागि २० करोड रकम विनियोजन गरिएको छ ।
व्ययतर्फ चालु खर्चमा १ अर्ब ४४ करोड ७९ लाख नौ हजार, पूँजीगत खर्चमा तीन अर्ब ५१ करोड ४३ लाख ८५ हजार र वित्तीय व्यवस्थामा एक करोड ६ लाख ३ हजार रुपैयाँ छुट्याइएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।