नेपाल समाचारपत्र, सर्लाही
चट्याङको आवाजले बेहोस भएर ईश्वरपुर नगरपालिका- १५ सुक्नाहा बस्ने सपेन्द्र हजामको ८ बर्षीय छोरा आयुष ठाकुरको मृत्यु भएको छ ।
आफ्नो काका रबिन्द्र ठाकुरसंग गोडैटा नगरपालिका-१० सिसौरिया स्थित बिवाहमा गएको अस्थामा गएराति पानीसंगै परेको चट्याङको आवाजले बेहोस भएका उनको उपचारको लागी जिल्ला अस्पताल मलंगवा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।