सुनील महर्जन, काभ्रे ।
आफूलाई मनपर्ने व्यक्ति, साथी र भाईको जन्मदिनमा विभिन्न किसिमका उपहार दिने चलन नै बनेको छ । उपहार दिनेले लिनेको मन जित्न विभिन्न किसिमको उपहार दिने गरिन्छ । तर मंगलबार बनेपाको ध्यानकुटी विहारमा दिइएको उपहारको दृश्य भने फरक देखियो ।
नेपालका संघनायक (जेष्ठ) भिक्षु अश्वघोष महास्थविरको ९२ औं जन्मदिनमा विभिन्न महानुभावहरुले आ–आफ्नो रोजाई अनुसार उपहार प्रदान गरे । त्यस क्रममा शिष्य भिक्षु कोण्डन्यले आफ्ना गुरु भिक्षु अश्वघोषका लेखहरु संग्रहित पुस्तक ‘भिक्षु अश्वघोषका छानिएका रचनाहरु’ उपहार दिए । जुन उपहार अरु भन्दा निकै फरक प्रकृतिको थियो ।
भिक्षु अश्वघोषको करिब डेढ सय भन्दा बढी पुस्तकमा छरिएका लेखहरु भिक्षु कौण्डन्य स्वंयले सम्पादन गरी प्रकाशन गरेका थिए ।आफूले सात दशकयता लेखेका महत्वपूर्ण र विचारोत्तजेक लेखहरु संग्रह गरी जन्मदिनमा यसरी पुस्तक उपहार देला भनेर भिक्षु अश्वघोषले कल्पना समेत गरेको थिएन ।
‘यो विषयमा गुरु भिक्षुलाई जानकारी छैन ।‘सरप्राईज’ दिने हिसाबले रातारात पुस्तकको रुप दिएर उपहार दिएको हु“ ।उपसंघनायक भिक्षु ज्ञाणपूर्णिक महास्थविरले लोर्कापण गरी पुस्तक उपहार प्रदान गरिएको थियो ।
‘यसले भिक्षु अश्वघोष बुद्ध धर्मप्रति कस्तो र कुन खालको दृष्टिकोण राख्नुहुन्छ भन्ने स्पष्ट बुझ्ने छ ।समग्र पुस्तक भिक्षु अश्वघोषका बुद्ध धर्मप्रति बुझाईको सार हु्न् ।’ भिक्षु कौण्डन्यले भन्नुभयो । पुस्तकमा बुद्ध धर्मका विविध पक्षलाई विश्लेषण र आलोचनात्मक तवरले लेखिएका लेख, बुद्धका महत्वपूर्ण र आधारभुत विचारधाराका ४१ वटा लेखहरु रहेका छन् ।
उपचारको क्रममा दुई वर्ष चीनमै बस्नुहुँदादेखि चिनिया कम्युनिष्ट नेता माओत्सेतुङसंगको भेटघाटबाट निकै प्रभावित भएका भिक्षु २०४७ सालदेखि २०४९ सालसम्म तत्कालीन नेकपा (एमाले) पार्टीबाट बाट राष्ट्रिय सभाका सदस्य पनि बन्नुभयो ।त्यसैगरी मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा उहाँलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति गरिएको थियो । ‘प्रगतिशील र क्रान्तिकारी भिक्षुका रुपमा चिनिने भिक्षुको छवि पुस्तकमा प्रतिविम्बित भएको छ ’ जन्मदिनको अवसरमा आयोजित समारोहमा भिक्षु कौण्डन्यले भन्नुभयो ।
पुस्तकमा बुद्ध र समाजवादी भिक्षुसंघ, सम्पति सम्बन्धी समाजवादी व्यवस्था, गौतम बुद्ध र प्रजातन्त्र,बुद्धको भिक्षु संघ र प्रजातन्त्र, समतामूलक समाज निर्माणमा बुद्धको शिक्षा, आर्य संस्कृति, बुद्ध र व्यावहारिक धर्म ,बुद्धः व्यवहारको पक्षपाति जस्ता लेखहरु रहेको छ ।
यसमा भारतीय साहित्य र दर्शनका ज्ञाता राहुल सांकृत्यायन, भारतका चर्चित लेखक राहुल साकृत्यायन, बाबासाहेब भिमराव अम्बडेकर, माक्र्सवादको ठाउँठाउँमा प्रतिविम्बत भएको पाउँछौं ।‘भिक्षु अश्वघोषको व्यक्तित्व र विचारलाई यही सेरोफेरोमा बुझ्नुपर्ने हुन्छ ।यस्तै विचार व्यक्तित्वले भिक्षु अश्वघोषलाई अरु भन्दा अलग्ग रुपमा चिनाउँछ ।’भिक्षु कौण्डन्यले भन्नुभयो ।
‘अझै बाँच्ने जाँगर चलेको छ’ भिक्षु अश्वघोष
‘जन्मदिनको अवसरमा विभिन्न महानुभावहरुले भिक्षु अश्वघोषलाई उपहार प्रदान गरे । यस किसिमको सद्भाव, मैत्री र पुराना मित्रहरुको भेटघाट गर्न पाउँदा निकै आनन्दको अनुभूत भएको छु ।मनोबल पनि निकै बढेको छ । त्यसकारण म अझै धेरै बा“च्दछु भन्ने विश्वास बढेको छ ।’ भिक्षु अश्वघोषले भन्नुभयो ।
‘हुनत ९२ वर्ष सम्म बाँच्लान् जस्तो पहिला लागेको थिएन । तैपनि बाँचे । अहिले हितैषी मित्रहरुको साथ, सहयोग र भेटघाटले नै मलाई अझ बाँच्न हौसला प्रदान गरेको छ ।’ उहाँले भन्नुभयो ।
खुट्टाको सामान्य दुखाई र कानमा अलि समस्या भएपनि उहाँको पुस्तक लेखन कार्यले अझै निरन्तरता पाइरहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।