समाचारदाता,
२६ साउन, नवलपरासी । नेपाल घरेलु तथा साना उद्योग महासंघ नवलपरासीको आयोजनामा बन तथा कृषि सहज कार्यक्रम अन्तगर्तको संचार कार्यशाला गोष्ठी आज परासीमा समपन्न भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ नवलपरासीको अध्यक्ष मेघराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योगमहासंघ कार्यलयका प्रमुख नन्दलाल पौडेल, जिल्ला कृषि बिकास कार्यलयका प्रमुख तेज नारायण गैरै ,जिल्ला बन कार्यलयका प्रमुख बिजयराज सुबेदी ,फेकोफनका जिल्ला अध्यक्ष ठाकुर प्रसाद पाण्डे ,नेपाल पत्रकार महासंघ नवलपरासीका उपाध्यक्ष हरि शार्मा ,सचिव राजकुमार रेश्मी,लगायात नवलपरासी प्रदेश नं ५ का बिभिन्न संचारसस्थाका पत्रकारहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बन तथा कृषि सहज कार्यक्रम र त्रिपल एडको बारेमा फोकल पर्सन ओमनाथ पोख्रेलले प्रकाश पर्नुभएको थियो । भने नेपाल पत्रकार महासंघ नवलपरासीका उपाध्यक्ष हरि शार्माको संयोजकत्वमा ११ सदस्यीय उद्यामीहरुको प्रबद्र्धनका लागि समिति गठन गरिएको छ । त्रिपल एडका जिल्ला अधिकृत रामेश भुसालको संचालनमा कार्यक्रम समपन्न भएको छ ।